हालै अलिक पृथक नेपाली फिल्म हेर्ने साइत जुर्यो। डमरुको डण्डीवियो। सानो हुँदा गाउँमा खेलेको खेलको सम्झनाले हलसम्म डोरायो। अलिअलि कौतुहलता, अलिअलि दोधार र अलिअलि आशा लिएर सिनेमा हलभित्र प्रवेश गरियो। खगेन्द्र लामिछानेलाई आज पर्यन्त प्रत्यक्ष भेट्न नपाए पनि राम्रा कलाकार हुन् भन्नेसम्म सुनेको थिएँ। नेपाली नाटकलाई जिवित राख्नका लागि योगदान दिने व्यक्तिमा उनी पनि पर्दछन्. शायद। तर, आजसम्म मैले उनको नाटक हेर्न पाएको छैन। फिल्मको मुख्य पात्र खगेन्द्र नै थिए, कथा पनि उनको आफ्नै।
मनमोहक ग्रामिण परिवेशलाई केन्द्रमा राखेर खिचिएको फिल्मको फोटोग्राफीको गुणस्तर पनि तारिफ गर्न लायक थियो। प्रयोग गरिएका खरा र झर्रा शब्दमिश्रित डायलग सुन्दा विगतको झझल्को मानसपटलमा घरिघरि आइरहन्थ्यो। डण्डीवियोलाई राष्ट्रिय खेलको मान्यता दिलाउनका लागि संर्घष गर्दागर्दै गाउँको स्कूलको हेडमास्टरमा थन्किएका शिक्षित अगुवा योगेन्द्रको आरोह र अवरोहबाट फिल्म शुरु हुन्छ। अनुप बराललाई म राम्रोसँग चिन्दछु, राम्रा कलाकारका रुपमा र श्रद्धेय व्यक्ति वात्सायसनका छोराको रुपमा पनि। उनी योगेन्द्रको भूमिकामा असाध्यै खुलेका थिए। गेट अपका कारणले मैले उनलाई फिल्म अवधिभर ठम्याउन सकिन। दमदार अभिनय देख्दा मनभित्रैबाट आदर जन्मेको थियो। पछि नाम थाहा पाउँदा अझ बढी नतमस्तक भएँ। किनकि पोखरा घरको कम्पाउण्डमै नाटकघर बनाएर सयौं नाटकहरुलाई जिवन्त बनाएको र सयौं कलाकारहरुलाई रड्गमञ्चसम्म डोराएको इतिहास उनको नाममा जो लेखिएको छ।
एउटा कालखण्डमा नेपालै भरि डण्डीवियो खेलिन्थ्यो। नेपालको राष्ट्रियय खेलको रुपमै डण्डीवियोलाई मान्यता थियो। केटाकेटीदेखि बयस्कसम्म सबै गच्छे अनुसारको बाजी लगाएर खेलमा होमिन्थे। कला, फुर्ती र तपको मिश्रण थियो डण्डीवियो। वियोलाई हुत्याउने, डण्डीलाई टोल्ने र ठ्याक लाउने आफैँमा एक रोमान्चकता मिश्रित क्षण हुन्थे। तिनै क्षणहरुलाई टपक्क टिपेर फिल्ममा हार्दिकता पूर्वक पस्कने प्रयास गरिएको छ। बाउको असफलताबाट पाठ सिकेर सरकारी जागिरे बन्न छाडेर, बाउकै बिडो ठाम्ने लिँडे ढिपी सहित गाउँ फर्केको डमरुको भूमिकामा खगेन्द्र लामिछानेको प्रवेश चाखलाग्दो, इर्स्यालाग्दो र इखालु छ। क्रिकेट र फुटबलले गाँजेको हाम्रो समाजलाई डण्डीवियोमा फर्काउनु आफैँमा निकै गाह्रो कुरा हो। फिल्ममा पनि त्यस्तै देखाइएको छ। शहर होस वा गाउँ सबै मेसी र तेन्दुलकर बन्न चाहन्छन्।
बाउको सरकारी जागिर मोह र छोराको डण्डीवियो मोहको कारणले एकापसमा जन्मिएको अन्तर्द्वन्द्वलाई फिल्ममा दर्शनीय ढंगले दर्शाइएको रहेछ। माला र मुखियाको भूमिकामा देखिएका मेनका प्रधान र बुद्धि तामाडलाई पनि गहकिलो अभिनयका लागि सम्झनै पर्ने हुन्छ। छेतन गुरुडको निर्देशन खारिएको र प्रशंसनीय छ। जिन्दगीमा छेतनले डण्डीवियो खेले कि खेलेनन् तर फिल्ममा भने राम्रै खेलाएका छन्।
जिन्दगीमा एकचोटी भए पनि डण्डीवियो खेलेकाहरुले हेर्नैपर्ने फिल्महो डमरुको डण्डीवियो। आफनो बाल्यकाल र बयस्कलाई सम्झेर घरीघरी उत्तेजित र उद्वेलित हुने क्षणहरु फिल्ममा प्रशस्त छन्। गाउँको परिवेश र गाउँले पाराले फेरि एकचोटी गाउँले बनेर डण्डीवियोको मज्जा लिन घच्घचाइरहन्छ। फिल्मको निर्माणमा कमै खर्च गरिएको भए पनि अर्थपूर्ण बनेको छ। संस्कृति र सभ्यता चिनाउने एक गतिलो माध्यम बनेको छ फिल्म। नयाँनयाँ प्रयोग गर्न रुचाउने वर्तमान पिढींहरुका लागि पनि चाखलाग्दो विषय बन्न सक्छ फिल्म।