PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दाइजोको विरोधमा इन्दिरा जोशीको गीत, प्रहरीकै पोशाकमा मोडलिङ



दाइजोको विरोधमा इन्दिरा जोशीको गीत, प्रहरीकै पोशाकमा मोडलिङ

काठमाडौँ : नेपाली समाजमा रहेको दाइजो प्रथाको विरोधमा पप गायिका इन्दिरा जोशीले एउटा गीत तयार पारेकी छिन्। 'डान्स विथ मि २' एल्बममा समेटिएको यो गीतको बोल छ-

पढेलेखेकी छु म
इलमी पनि छु म
स्वाभिमानी पनि छु
मेहनती पनि छु म
अब लाइफमा मेरो बाँकी रह्यो मेरो हिरोको इन्ट्री
पढेलेखेको सीधासादा ओ गड भित्र्याइदेउ न बिन्ती
काले गोरे नेप्टे चेप्टे अग्ले होचे केही भन्दिनँ म
तर दाइजो लिनेसँग बिहे गर्दिनँ म

गीतको म्युजिक भिडियोमा उनले प्रहरीको पोशाकसमेत लगाएकी छिन्। प्रहरीको पोशाक लगाएका दुई जना केटासँग मोडलिङ गर्ने क्रममा उनले टोपी र पाइन्ट प्रहरीको लगाए पनि सर्ट भने खोलेकी छिन्। जिउमा रातो गन्जी भने देखिन्छ।  



यसअघि म्युजिक भिडियोमा ट्राफिक पोशाकको दुरूपयोग गरेको भन्दै नृत्य निर्देशक तथा मोडल शंकर बिसीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले सोधपुछका लागी बोलाउँदै अबदेखि ट्राफिक प्रहरीको पोशाक बिना अनुमति दुरूपयोग नगर्न पनि चेतावनी दिइएको थियो। उनको ‘काफलको बुटामा अम्बा पाक्दैन’ गीतको म्युजिक भिडियोमा महिला ट्राफिक प्रहरीको पोशाकसहितका सिनहरु हटाएर मात्र टिभीमा प्रसारण गर्ने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell