PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मिस अर्थमा नेपाली सुन्दरीलाई ८ अङ्क



मिस अर्थमा नेपाली सुन्दरीलाई ८ अङ्क

काठमाडौँ : फिलिपिन्समा हुन लागेको मिस अर्थ सौन्दर्य प्रतियोगितामा सहभागी ८६ देशका सुन्दरी मध्ये नेपालको प्रतिनिधित्व गरिरहेकी प्रिन्शा श्रेष्ठले ८ अङ्क पाएकी छिन्। 

आयोजकले सार्वजनिक गरेको अङ्क तालिका अनुसार उनले डार्लिङ अफ दि प्रेसमा चार अङ्क र इन्भायरोमेन्टल प्रिजेन्टेसनमा चार गरी अङ्क गरी कूल ८ अङ्क पाएकी छिन्। 

पूर्णाङ्क १० रहेको प्रत्येक श्रेणीमा चार अङ्क पाउनु ‍औसत मात्रै हो। 

नेपाली सुन्दरी रहेको समूह ३ मा घाना, केन्या, मरिसस, न्युजिल्यान्ड, नाइजेरिया र भेनेजुएलाले सर्वाधिक १४ अङ्क पाएका छन्। १० वटा थप विधामा प्रतिस्पर्धा हुन बाँकी छ। 

मिस फोटोजेनिकका लागि भने अनलाइन भोटिङ भइरहेको छ। 

सम्बन्धित समाचार
मिस अर्थका लागि स्विमसुटमा नेपाली सुन्दरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell