PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सल्यानका बाढीपहिरो पीडितले पाँच महिनापछि बल्ल पाए ६० किलो चामल, तीन परिवारले अझै पाएनन्



सल्यानका बाढीपहिरो पीडितले पाँच महिनापछि बल्ल पाए ६० किलो चामल, तीन परिवारले अझै पाएनन्

सल्यान : सल्यानको निगालचुला गाविसका बाढीपहिरो पीडितले पाँच महिनापछि बल्ल ६० किलो चामल सहयोग पाएका छन्। गएको वर्ष साउन महिनाको बाढी र पहिरोले निगालचुला गाविसमा छजनाले ज्यान गुमाएका थिए। 

तर जिल्ला दैवी प्रकोप उद्धार समिति, सल्यानले सेभ द चिल्ड्रेन क्षेत्रीय कार्यालय नेपालगन्जको सहयोगमा आएको ३०० किलो चामलमध्ये आइतबार तीन परिवारलाई मात्रै प्रतिपरिवार ६० किलोका दरले १८० किलो चामल वितरण गरेको हो। 

बाँकी परिवारका लागि पनि ६० किलोका दरले चामल प्राप्त भएको र केही दिनभित्र उनीहरुलाई पनि सो चामल वितरण गरिने निगालचुला गाविस सचिव भीमबहादुर घर्तीले बताए। 

गएको वर्षको साउन ३१ गतेको बाढी र पहिरोका कारण निगालचुला गाविसका तारा बुढा, रुपसिंह पुन, विष्णु विक, ऐनबहादुर बुढा, रुपसिंह बुढालगायतको ज्यान गएको थियो। 

सरकारले अति बाढीपहिरो प्रभावित विशेष जिल्ला घोषणा गरे पनि सल्यान जिल्ला त्यसमा पर्न नसक्दा बाढीपहिरो पीडितले पर्याप्त राहत पाउन सकेका थिएनन्।  रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell