PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​राजेन्द्र महतो कुटिएको विरोधमा महोत्तरीमा ३ दिन शिक्षण संस्था बन्दको घोषणा



​राजेन्द्र महतो कुटिएको विरोधमा महोत्तरीमा ३ दिन शिक्षण संस्था बन्दको घोषणा

महोत्तरी : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि तीन दिनका लागि महोत्तरीका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएको छ। 

सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरको जोगबनी सीमा नाकामा प्रहरीले बल प्रयोग गरी घाइते बनाएको विरोधमा मोर्चाले आजदेखि पुस १५ गतेसम्मका लागि जिल्लाका हरेक शिक्षण संस्था बन्द गराएको हो। 

विद्यालय सञ्चालनमा रहँदा बालबालिकाको सुरक्षा मुख्य चुनौती रहेकाले सम्पूर्ण शिक्षण संस्था तीन दिनका लागि बन्द गरिने निर्णय गरिएको मोचाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

यता मोर्चाका कार्यकर्ताले जिल्लाका प्रमुख व्यापारीक केन्द्र गौशाला, औरही, रामगोपालपुर, कान्तिबजारलगायत ग्रामीण क्षेत्रमा रहेका हाटबजारहरु अनिश्चितकालको लागि बन्द गराएका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell