PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

घाम ताप्दै तीन दलको छलफल, मधेसीसँग वार्ताका लागि 'मध्यमार्गी' प्रस्ताव तयार गर्ने सहमति



घाम ताप्दै तीन दलको छलफल, मधेसीसँग वार्ताका लागि 'मध्यमार्गी' प्रस्ताव तयार गर्ने सहमति

  • पहिलोपोस्ट-
काठमाडौँ : प्रमुख तीन दलले आन्दोलनरत मधेसी मोर्चासँग 'मध्यमार्गी' प्रस्ताव तयार गरेर अगाडि बढ्ने निर्णय गरेका छन्। तर त्यस्तो मध्यमार्गी प्रस्ताव के हुने भन्ने विषयमा भने उनीहरुले खुलाएनन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अपेक्षा अनुरुप मधेसी मोर्चाको ११ बुँदे मागमा साझा धारणा तय गर्न भने सकेन। तर मधेसी मोर्चासँग निर्णायक र परिणाममुखी वार्ता गर्ने निर्णय भएको बैठकपछि नेताहरुले बताए। मोर्चासँग लतकताका साथ वार्तामा प्रस्तुत हुने तीन दलले समझदारीका साथ प्रस्तुत गरेका छन्। 

बालुवाटारमा नेताहरु घाम ताप्दै र तातोपानी पिउँदै वार्तामा जुटेका थिए। कांग्रेस सभापति सुशील कोइरालाले तातोपानी पिए। अन्य नेताहरु भने चिया पिउँदै वार्तामा सहभागि भएका थिए। 

संविधानको विषयलाई लिएर प्रकट भएको असन्तुष्टि लम्बिँदै जाँदा समग्र मुलुक नै अस्तव्यस्त भएको भन्दै तीन दलले आ–आफ्ना पार्टीमा छलफल गरेर समस्याको शीघ्र समाधान गर्ने निष्कर्ष निकालिएको नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। उनले भने, 'प्रमुख तीन दलबीच लामो छलफल भयो। छोटो निष्कर्ष निकालिएको छ। समस्या समाधान गर्ने दिशातिर नै छलफल केन्द्रित रह्यो।'

‘प्रमुख दलको बैठकले मधसी मोर्चासहित बसेर साझा धारणा निर्माण गरी सहमतिमा पुग्ने निर्णय गरेको छ’ बैठकमा सहभागि कांग्रेस नेता डा.मिनेन्द्र रिजालले भने, ‘समस्याका समाधानका लागि मधेसी मोर्चाको सहमति आवश्यक हुने भएकाले अब उहाँहरुसँगै बसेर साझा धाराणा निर्माणको तयारीमा लागेका हौं।’

उनले अर्को बैठकका लागि भने मधेसी मोर्चासँग कुरा गरेपछि टुंगोमा पुग्ने बताए।

२७ मंसिर यता मधेसी मोर्चा र सरकारबीच औपचारिक वार्ता हुन सकेको छैन। सरकारले संविधान संशोधन विधेयक सदनमा टेबल गरे पनि वार्ताका लागि भन्दै रोकेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell