PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​निर्वाचित भएको दुई महिनापछि राष्ट्रपति पशुपतिमा, राष्ट्र कल्याणका लागि विशेष पूजा



​निर्वाचित भएको दुई महिनापछि राष्ट्रपति पशुपतिमा, राष्ट्र कल्याणका लागि विशेष पूजा

  • रोजित खड्का/पहिलोपोस्ट-
काठमाडौँ : सनातनदेखि चलिआएको ‘धर्मसंस्कृतिको संरक्षण गर्ने’ संवैधानिक व्याख्या गरिएको धर्म निरपेक्ष देशका राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित भएको दुई महिनापछि आज बिहान हिन्दुहरुको आराध्यदेव पशुपतिनाथमा पुगेकी छिन्।

सोमबारको साइत जुराएर राष्ट्रपतिले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गरेकी हुन्।  

शितल निवासबाट खासै टाढा नभए पनि राष्ट्रपतिका रुपमा पहिलो पटक पशुपति दर्शनका लागि पुगेकी राष्ट्रपतिले  मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम सम्पन्न गरिन्।  

'नजिकको देउता हेला' भने झैँ उनको पहिलो मन्दिर भ्रमण भने जनकपुरको जानकी मन्दिर थियो जुन विवादमा पर्‍यो।

राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा एवम् बाँसुरी वादनले स्वागत गरेका थिए।


पशुपति परिसरमा नेपालको झण्डा बोकेर महिला, विद्यार्थी र जोगीहरु पनि उपस्थित थिए। राष्ट्रपतिसँग कुराकानी गर्न पाउने उनीहरुको आशा भने पूरा हुन सकेन।

पूजा सकाएर मन्दिर परिसरबाट बाहिरिए पछि सामूहिक फोटो सेसनपछि गाडीतर्फ लाग्ने क्रममा उनले एक वृद्धसँग छोटो भलाकुसारी भने गर्न भ्याइन्। 












सामूहिक फोटो सेसन। 

जोगीको चासो। 

स्वागतमा लामवद्ध।





स्थानीय बाजाबाट स्वागत।

मन्दिर परिसर फूलले सजाइएको थियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell