PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​राष्ट्रपतिले पशुपतिमा अर्पण गरिन् १ महिनाको तलब, कति हुन्छ राष्ट्रपतिको तलब?



काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमामा पहिलो महिनाको तलब अर्पण गरेकी छिन्। मुलुकमा भइरहेको सङ्कटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पसहित विशेष पूजा पशुपति नाथ मन्दिरमा गर्दै तलब अर्पण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुभएको छ, बिहान १० : २० बजे पशुपतिनाथ मन्दिर प्राङ्गणमा आइपुग्नुभएका राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूल मन्दिरमा पनि विशेष पूजा भक्ति निष्ठापूर्वक गर्नु भएको छ' – सदस्यसचिव डा टन्डनले भने। 

पहिलो महिनाको तलब अर्पण 

राष्ट्रपति निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन हो। यसक्रममा राष्ट्रपति भएपछि पहिलो महिनाको तलब रु एक लाख २१ हजार ३६० पशुपतिनाथमा अर्पण गरेको कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले जानकारी दिए।

अन्तरिम कालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र दोस्रो संविधानसभाको निर्वाचन गराउने मन्त्रिपरिषद् अध्यक्ष बन्नुभएका खिलराज रेग्मी पनि विशेष पूजाका लागि पशुपतिनाथ मन्दिरमा गएका थिए। राष्ट्रपति भण्डारीले यसअघि कोषको सञ्चालक सदस्य भएरसमेत काम गरि सकेकि छन्। २०५१ को उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भई उनले पदेन पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्य भई काम गरेकी हुन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell