PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालुवाटारमा हिरोइनसँग फोटोसेसन गर्दै प्रमले भने, काम नगर्ने कुरा काट्ने प्रवृत्ति मौलायो



बालुवाटारमा हिरोइनसँग फोटोसेसन गर्दै प्रमले भने, काम नगर्ने कुरा काट्ने प्रवृत्ति मौलायो

काठमाडौँ : बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली आज बेग्‍लै कार्यक्रममा व्यस्त भए। 'फूलैफूलको मौसम तिमीलाई' फिल्मको प्रेस मिटका लागि भेन्यु छानिएको थियो प्रधानमन्त्री निवास।
 
फागुन २१ गते रिलिज हुने यो फिल्मको शीर्ष गीत हेरिसकेपछि ओलीले मंचमा आसिन पत्नीलाई गुलाबको फूल उपहार पनि दिए। उनले फूल दिँदा तालीको पर्रा छुट्यो।

हिरोइन नीता ढुंगानासहितका कलाकारसँग कुराकानीपछि प्रधानमन्त्रीले समसामयिक राजनीतितर्फ संकेत गर्दै काम नगर्ने र कुरा काट्ने प्रवृत्ति मौलाएको भन्दै त्यसलाई तोड्न आफू यो स्थानमा आएको बताए।
 
उनले दोलखामा फिल्म सिटी नबन्ने घोषणा गरे। यसको कारण उनले यसरी दिए, ‘दोलखामा फिल्म सुटिङ स्टुडियो हुँदैन। हप्तामा दुई घन्टा घाम लाग्ने ठाउँमा स्टुडियो बन्दैन । स्टुडियो त यस्तो होस् जहाँ हिरोसँग रिसाएको झोकमा हिरोइनले हामफाल्ने तलाउ होस् । जहाँ हिरोइन रिसाएर माइती जाने ठाउँ होस्।’


पश्चिमान्चलका तीन जिल्ला तनहुँ, गोरखा, लमजुङ लगायतका जिल्लालाई समेटेर बनाइने स्मार्ट सिटीमा फिल्म स्टुडियो पनि बन्ने उनको घोषणा छ। हलिउड र बलिउड फिल्मको स्तरमा नेपाललाई लैजाने प्रक्रियाको तीव्रतामा सरकारले सहयोग गर्ने समेत ओलीले बताए । 

प्रधानमन्त्रीलाई निर्देशक दिनेश डीसीले टिकटको नमुना प्रदान गर्न खोजेका थिए । तर, ओलीले भने टिकट काटेरै फिल्म हेर्ने इच्छा जनाए । ‘१० वटा टिकट काटेर १० जनासँग बसेर फिल्म हेर्ने इच्छा छ’ ओलीले सुनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell