PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साझा बसमा टेलिकमको वाइफाई सेवा



साझा बसमा टेलिकमको वाइफाई सेवा
नेपाल टेलिकम

काठमाडौं : नेपाल टेलिकमले साउन १८ गते आइतबारदेखि काठमाडौंमा सञ्चालित साझा यातायातमा वाइफाई सेवा सुरु गरेको छ। वाइम्याक्स प्रविधिबाट वाइफाई हटस्पट स्थापना गरी वाइफाई सेवा सुरु गरिएको नेपाल टेलिकमले जनाएको छ। बसमा यात्रा गर्ने यात्रुहरूले उक्त वाइफाई सेवा प्रयोग गर्न सक्नेछन्।

अहिले साझा यातायातले कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्टसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल महाराजगञ्ज हुँदै गाेंगबु बसपार्कसम्म २ वटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ। 

यात्रुहरूले वाइफाई मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम र सिडिएमए प्रिपेड र पोष्टपेड नम्बरबाट वाइफाई टाइप गरी १४१६ मा म्यासेज गर्नुपर्नेछ। टेलिकमले म्यासेजबाट पासवर्ड पठाउने छ। उक्त पासवर्डको प्रयोग गरी स्मार्ट फोन, ल्यापटप, आइप्याड आदिमा वाइफाई चलाउन सकिनेछ। उक्त पासवर्डबाट लगातार एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहनेछ। साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको मोबाइलबाटै १० रुपैयाँ कट्टा हुनेछ।   

कम्पनीले साझा बसमा जडान गरेको वाइफाई सेवाप्रति उपभोक्ता आकर्षणलाई हेरी आगामी दिनमा अन्य रुटमा चल्ने बसहरुमा समेत यस किसिमको सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। हाल कम्पनीले मुलुकका ७२ वटा जिल्लामा वाइफाई सेवा सञ्चालनमा ल्यााइसकेको छ। त्यस्तै उपभोक्ताहरुको बढी भिडभाड हुने अस्पताल, सपिङ मल, पार्क, चोक लगायतका २ सय २० स्थानमा वाइफाई हटस्पट स्थापना गरी सेवा सञ्चालन गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell