PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रहरीकै योजनामा लुटियो ५ किलो सुन



प्रहरीकै योजनामा लुटियो ५ किलो सुन
विजयप्रताप साह

काठमाडौं : सुनको तस्करीसँगै व्यापारीलाई लुट्न प्रहरी नै सक्रिय देखिएका छन्। चीनको खासा र हवाई मार्ग हुँदै काठमाडौं भित्रिएका सुन लुट्न प्रहरी नै संलग्न रहेको प्रहरीकै अनुसन्धानमा खुलेको हो।
 
४ दिन अगाडि मात्रै कलंकीमा एक ब्यापारीको साथमा रहेको २ किलो सुन लुटेको अभियोगमा महानगरीय प्रहरी बृत्त कालीमाटीका प्रहरी भागिरथ माझी पक्राउ परेका थिए। आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले ५ किलो सुन लुटेको भन्दै महाशाखाकै प्रहरी नायव निरीक्षक विजयप्रताप साहलाई उनको समूहसहित पक्राउ गर्‍यो।
 
जेठ २१ गते विशालबजारमा सुनको कारोवार गर्दै आएका सञ्जय पाण्डेको साथमा रहेको ५ किलो सुन लुटिएको थियो। एक समूहले उनलाई नियन्त्रणमा लिएर आफूहरु ब्युरोको प्रहरी भएको बताउँदै चावहिलमा रहेको जुम क्याफेमा लगेर उनको साथमा रहेको सुन लिएर छाडेको थियो। 
प्रहरीका अनुसार ६ जनाको समूहमा रहेका उनीहरुले पाण्डेलाई ट्याक्सीमा राखेर क्याफेमा लगेर सुन लिएर छाडेपछि प्रहरीको आवरणमा सुन लुटिएको खबर प्रहरी प्रधान कार्यालय र ब्युरोमा पुगेपछि अनुसन्धान शुरु भए पनि फेला परेको थिएन।
 
तीन दिन अगाडि कलंकीमा सुन लुटिएको घटनाको अनुसन्धान सफल भएपछि महाशाखाका प्रमुख पुष्कर कार्कीले व्युरोसँग मिलेर ५ किलो सुन लुटिएको घटनाको अनुसन्धान अगाडि बढाउँदा प्रहरी नायव निरीक्षक शाहको योजनामा सुन लुटिएको खुलेपछि प्रहरीले साहसँगै उनको समूहमा रहेका राजेन्द्र गुरुङ, सुरज काफ्ले, प्रदिप रिसाल, भिमसेन श्रेष्ठ र पोपटनायण चौहानलाई पक्रेको थियो।
 
व्युरोका प्रवक्ता पिताम्बर अधिकारीका अनुसार उनीहरुको पक्राउपछि डेरा कोठामा जाँच गर्दा लुटिएको सुनमध्ये १४९ ग्राम मात्रै फेला परेको छ।  
प्रहरीले उनीहरुको कोठाबाट १९ लाखको विभिन्न बैंक तथा वित्तीय संस्थाको चेक र अर्धकट्टी चेक, विभिन्न ब्यक्तिलाई सापट दिएको १० लाख बराबरको तमसुक कागज, बैंकमा जम्मा भएको ५० हजार फेला परेको छ। 

प्रहरीले कलंकी घटनामा संलग्न अन्य २ जनालाई समेत पक्राउ गरेको थियो। घटनामा संलग्न तेस्रो ब्यक्ति फरार रहेकाले अर्को १ किलो सुन भने फेला परेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell