PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संखुवासभामा पहिरोले तीन घर बगाउँदा चारको मृत्यु, ६ बेपत्ता



संखुवासभामा पहिरोले तीन घर बगाउँदा चारको मृत्यु, ६ बेपत्ता
घटनास्थल

पहिलोपोस्ट-
अपडेट ११:५०:
संखुवासभाको स्याबुन-३ फच्याङ्मा गएको पहिरोमा परि बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ। ६ जना अझै बेपत्ता रहेका छन्। बेपत्ता मध्ये किर्तिमान कोइराला, उनकी पत्नी र छोरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी नन्दीकिशोर त्रिपाठीले जानकारी दिए।
काठमाडौं : संखुवासभाको स्याबुन-३ फच्याङमा गए राति गएको पहिरोले तीन घर बगाउँदा १ जनाको मृत्यु भएको छ। पहिरोमा परि ९ जना बेपत्ता भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले बताएका छन्।

पहिरोमा पूर्णबहादुर कोइराला, मेयरमान कोइराला र किर्तिमान कोइरालाको घर बगाएको छ। प्रजिअ त्रिपाठीका अनुसार पूर्णबहादुर कोइरालाको घरका ५ जना, किर्तिमान कोइराला परिवारका ३ जना र मेयरमान कोइरालाका परिवारका दुई जना पहिरोमा परेका छन्। ती मध्ये एकजना प्रज्वल कोइरालाको शव फेला परेको छ भने बाँकी ९ जना बेपत्ता छन्।

सदरमुकाम काँदबारीबाट ५ घण्टाको दुरीमा रहेको घटनास्थलतर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सहायक प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेको प्रजिअ त्रिपाठीले बताए। मानवीय क्षति बाहेक गाइ, बाख्रा लगायत पशु पहिरोमा परेका छन्। 

* समाचार अपडेटसँगै शिर्षक परिवर्तन गरिएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell