PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरकारको तयारी : सात प्रदेशमा औद्योगिक क्षेत्र विस्तार, बन्द उद्योग सञ्चालन



सरकारको तयारी : सात प्रदेशमा औद्योगिक क्षेत्र विस्तार, बन्द उद्योग सञ्चालन

नगरकोट : उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले सात प्रदेशमा औद्योगिक क्षेत्रको स्थापना गर्न लागेको बताएका छन्। 

रफत् रञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले देशको औद्योगिक क्षेत्रको विकासलाई मध्यनजर गरी सातै प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक जग्गा छुट्याइसकेको जानकारी दिए। 

आउँदो मे महिनाबाट चिनियाँ टोलीको सहयोगमा दैलेख, मुस्ताङ र उपत्यकाको ग्यास उत्खननको काम सुचारु गरिने पनि उनले बताएका छन्।  
बन्द रहेका नेपाल औषधि लिमिटेड, हेटौँडा सिमेन्ट, गोरखाली टायल उद्योग, उदयपुर सिमेन्ट, वीरगन्ज चिनी उद्योग लगायतका कारखाना अब बन्द नहुने गरी सञ्चालनमा ल्याउन लागेको मन्त्री पाण्डेले प्रतिबद्धता समेत जनाएका छन्। 

भूकम्प, नाकाबन्दी र मधेस आन्दोलनका कारण सबैभन्दा बढी प्रभावमा परेको नेपालको औद्योगिक क्षेत्रले भर्खरै बामे सर्न थालेको बताउँदै उनले सरकार निजी क्षेत्रका उद्योगलाई सक्दो सहयोग गर्ने योजनामा रहेको बताए। 

फरक प्रसं वर्तमान सरकार परिवर्तनको विषय हल्ला मात्र भएको भन्दै दुई वर्षसम्म कसैले चाहेर पनि सरकार परिवर्तन गर्न नसक्ने मन्त्री पाण्डेको दाबी छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell