PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जब माअोवादी नेताले प्रश्न गरे- 'पार्टीको झन्डा उस्तै किन?'



काठमाडौं : व्यवस्थापिका संसद्, राज्यव्यवस्था समिति र निर्वाचन आयोग नेपालबीच राजनीतिक दलसम्बन्धी बनेको विधेयकमाथि छलफल भएको छ।

राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक–२०७२ माथि आज निर्वाचन आयोगमा छलफल भएको हो।

छलफलमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले संविधानको कार्यान्वयनका लागि निर्वाचनसम्बन्धी नयाँ कानुनको आवश्यक रहेको स्पष्ट पारे।  'निर्वाचन आयोगले उपयुक्त कानुन बनाएर दलको व्यवस्थापन गर्न जरुरी छ,' सभापति घर्तीले भने।

नेपाली कांग्रेसका सांसद गोपालमान श्रेष्ठले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान स्थायी सरकार आवश्यक रहेको भन्दै राजनीतिक दललाई स्वच्छ र पारदर्शी तवरले अगाडि बढाउनुपर्नेमा जोड दिए।

यस्तै एमाले नेता युवराज ज्ञवालीले धेरै पार्टी मुलुकमा आवश्यक नभएको भन्दै पार्टी एकीकरणको कानुनलाई खुकुलो बनाउनुपर्ने भनाइ राखे। 'कुनै पनि पार्टी एकीकरण हुन्छ भने आवश्यक बहुमत पुर्‍याउने प्रावधान नराखे हुन्छ,' उनले भने।

एनेकपा (माओवादी) का सांसद सन्तबहादुर दरैले भने पार्टी एकीकरणमा दुवै दलको बहुमत पुर्‍याउने परिपाटी उपयुक्त नभएको भन्दै ‘विधेयकमा पार्टीको झन्डा उस्तैउस्तै हुन नहुने धारणा राखे।
 
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेर विधेयक ल्याएको स्पष्ट पारे। निर्वाचन आयोगमा दर्ता भएका १६४ दलका सबै व्यक्तिलाई बोलाएर छलफल गरी विधेयक ल्याएको उनको भनाइ थियो। 'विधेयकलाई प्रस्तावको रुपमा ल्याइएको हो,' उनले भने, 'यसलाई आवश्यक छलफल गरेर अन्तिम रुप दिइनेछ।'रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell