PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारले गरेका नियुक्ति खारेजीका लागि अख्तियारको सिफारिस : ५ सय नियुक्ति खारेज हुने



  • पहिलोपोस्ट-
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले गरेका सयौं राजनीतिक नियुक्ति खारेज गर्न सरकारलाई पत्राचार गरेको छ। अख्तियारले आजै निर्णय गरी गैर कानुनी रुपमा नियुक्त सिफारिस भएकाहरु खारेज गर्न पत्राचार गरेको हो।

मन्त्रिपरिषदले गरेका निर्णयविरुद्ध अख्तियारले प्रश्न उठाउन मिल्छ? भन्ने प्रश्नमा अख्तियारका प्रेस सल्लाहकार भवानी सुवेदीले भने, 'हो अख्तियारले प्रश्न नै यसैमा उठाएको हो।' सुवेदीले मन्त्रिपरिषद्ले गर्ने भनेर पनि मन्त्रीले निर्णय गरेका विषयमा अख्तियारले प्रश्न उठाएको बताए।

'मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने भनेको तर मन्त्री स्तरीय निर्णयबाट भएका नियुक्ति खारेजीका लागि अख्तियारले पत्राचार गरेको हो,' उनले भने, 'मन्त्रिपरिषद् भन्नाले सर्वोच्चको २०६८ सालको निर्णय अनुसार पूर्ण मन्त्रिपरिषद भन्ने बुझ्नु पर्छ।'

उनले अमुक मन्त्रीले मन्त्रिपरिषद्को निर्णय भन्दै नियुक्ति भएकाहरुको नियुक्ति खारेजीका लागि अख्तियारले पत्रचार गरेको बताए। 'आजकै मितिदेखि ती नियुक्ति खारेज हुन्छन्,' उनले भने, 'कानुनी राज्य र नैतिकता भएका ठाउँमा यसलाई कार्यान्वयन नगर्ने भन्ने प्रश्न नै हुँदैन।' केही सयको संख्यमा कारवाहीमा पर्ने उनले बताए।

अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले करिब ५ सय यस्ता नियुक्तिहरु खारेजीमा पर्ने जानकारी दिँदै ट्विट गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell