PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सहायकमन्त्रीलाई शपथ गराउँदै अोलीले भने- '७ महिनामा ८४ लाखमात्र खर्च गरेँ'



सहायकमन्त्रीलाई शपथ गराउँदै अोलीले भने- '७ महिनामा ८४ लाखमात्र खर्च गरेँ'

काठमाडौं : नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री रेशमबहादुर लामाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा उनलाई शपथ गराए। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विराज विष्टलाई निलम्बन गरेपछि लामालाई उक्त पदमा नियुक्त गर्न पार्टीले सिफारिस गरेको थियो।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संयुक्त सरकारका साझेदार दल र मन्त्रीलाई त्यही भावनाका साथ पारदर्शी र निष्पक्ष भएर जनसेवामा लाग्न आग्रह गरे। प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही सांसदले भूकम्पपीडितलाई एकै किस्तामा अनुदान दिनुपर्छ भनेर मौसमी राजनीति गरेको टिप्पणी समेत गरे। उनले अघिल्लो सरकारले नै ४ किस्तामा रकम दिने तय गरेकामा हाल ३ किस्तामा वितरण सुरु भएको जानकारी दिँदै उनले यथार्थमा उभिएर राजनीति गर्न दलहरुलाई आग्रह गरे।

अघिल्लो प्रधानमन्त्रीले साढे २ महिनाको अवधिमा चिया, खाजा र भेटघाटमा २ करोड ७४ लाख खर्च गरेको तर आफूले ७ महिनामा ८४ लाखमात्र खर्च गरेको दाबी गर्दै प्रधानमन्त्रीले सञ्चारमाध्यमलाई त्यसतर्फ ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री ओलीले पञ्चायत र लोकतान्त्रिक कालमा पनि उही व्यक्ति र प्रवृत्ति (उपप्रम कमल थापा) भन्ने टिप्पणीप्रति लक्ष्य गर्दै समय र परिस्थितिअनुसार व्यक्ति र प्रवृत्तिमा पनि परिवर्तन आएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell