PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पशुपतिको दर्शनबाट सुरु हुने मोदीको दोस्रो दिनको कार्यक्रम यस्तो छ



पशुपतिको दर्शनबाट सुरु हुने मोदीको दोस्रो दिनको कार्यक्रम यस्तो छ
सर्वसाधारणसँग हात मिलाउँदै भारतीय प्रधानमन्त्री। तस्बिर : भारतीय दूतावास

काठमाडौँ : दुई दिने औपचारिक भ्रमणका लागि नेपालमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको यात्राबाट दोस्रो दिनको कार्यक्रम सुरु गर्ने छन्।

बिहान सवा नौ बजे उनी होटल हयातबाट पशुपतितर्फ जाने कार्यक्रम छ। लगभग साढे नौ बजे पशुपति पुगेपछि दर्शन र पूजाआजा गरी सवा १० बजे होटल फर्कने छन्।

११ बजे उनी राष्ट्रपति रामवरण यादवसित भेट्न शितल निवासतर्फ लाग्ने छन्। दिउँसो १ बजेसम्म उनी राष्ट्रपति भवनमै आयोजित लन्चमा सहभागी हुनेछन्। 

सवा १ बजेदेखि उनले आफू बसेको होटल हयातमा विभिन्न राजनीतिक दलका नेतासित भेट्ने छन्। 

सवा १ बजेदेखि आधा घण्टा एमाले अध्यक्ष केपी ओलीसित भेट हुनेछ। लगत्तै आधा घण्टा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सित भेट हुनेछ। 

सवा २ बजेदेखि ३ बजेसम्म मधेसी दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ भने ३ बजेदेखि साढे ३ बजेसम्म होटलमै व्यापारी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

पौने ४ बजेदेखि दृश्यावलोकनको कार्यक्रम रहेको छ। दृश्यावलोकनका लागि उनी पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रतर्फ लाग्ने छन्।  

दृश्यावलोकनको कार्यक्रम सकिएपछि स्वदेश फर्कन सवा ५ बजे विमानस्थल पुग्ने कार्यक्रम छ। सवा ५ देखि साढे ५ बजेसम्म विदाइ समारोह भएपछि ५ बजेर ३५ मिनेटमा उनी सवार जहाज दिल्लीका लागि उड्ने छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell