PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चीनको युनानमा भुकम्पबाट मृत्यु हुनेको संख्या ३८० पुग्यो



चीनको युनानमा भुकम्पबाट मृत्यु हुनेको संख्या ३८० पुग्यो
भूकम्पले भत्काएको घरको उत्खनन् गरिँदै। तस्बिर: सिन्हवा

चीनको युनान प्रान्तमा गएको ६ दशमलव १ रेक्टर स्केलको भुकम्पमा परि मृत्यु हुनेको संख्या ३ सय ८० पुगेको छ। राजधानी बेइजिङको समय अनुसार आइतबार दिउँसो साढे चार बजे चीनमा भुकम्प गएको थियो। भुकम्पमा परि १ हजार ८ सय १ जना घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरले १४ बर्ष पछि कै ठूलो भुकम्पको धक्का महसुस गरिएको जनाएको छ।


चीन सरकारले भुकम्प पिडितको उद्दारका लागि २५ सय सैनिक परिचालन गरेको जनाएको छ। यद्यपि भुकम्पको केन्द्रबिन्दु भएको क्षेत्रमा सडक अवरुद्ध भएकाले उद्दार कार्य प्रभावित भएको सिन्ह्वाले लेखेको छ।

भुकम्प गएको स्थानीय क्षेत्रमा दुई तिहाई घर भत्किएको जनाइएको छ। भुकम्पले ५७ हजार २ सय घरमा क्षति पुगेकाले तत्काल सुरक्षित स्थानमा लैजान आवश्यक देखिएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले पिडितहरुलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell