PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध भ्रष्ट्राचार मुद्दा



​नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं : शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी शिक्षक सेवा प्रवेश गर्ने शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

नुवाकोटको सुन्दरा उच्च माविका शिक्षक कपिलेश्वर मण्डलविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो।

अमात्यले सेवा प्रवेश गर्दा विहार इन्टरमिडियट शिक्षा परिषद भारतबाट सन् १९८७ मा इन्टरिमिडियट विज्ञान (आइएस्सी) उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए।

‘उनले पेस गरेका प्रमाणपत्र नक्कली एवं झुट्ठा देखिन आएकोले निज उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी लिई विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको छ’, अख्तियारले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell