PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​मलाई चोली गायिका भनेर चिन्छन् : इन्दिरा जोशी



​मलाई चोली गायिका भनेर चिन्छन् : इन्दिरा जोशी
गायिका इन्दिरा जोशीले भनिन्, ‘संगीत भनेको मनोरञ्जनको साधन हो।‘

काठमाडौँ : ‘हो, मलाई चोली गायिका भनेर मान्छेले चिन्छन्,’ राजधानीमा आयोजित नेपाली संगीतभित्रको विकृति’ विषयक कार्यक्रममा ‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चर्चा कमाएकी गायिका इन्दिरा जोशीले भनिन्, ‘संगीत भनेको मनोरञ्जनको साधन हो।‘

मन्डला थियटरमा आयोजित ‘चिया गफ’ कार्यक्रममा गायिका जोशीले अहिले संक्रमणकालीन अवस्थामा रहेको बताउँदै परिवर्तनलाई विकृति भनेर चाँहि भन्न नमिल्ने बताइन्।
 
‘शब्द छनोटमा ध्यान दिएमात्रपनि विकृति कम हुन्थ्यो’, उनले भनिन्। राजधानी आउँदा आफूलाई नेपाली गीत गाउन नआउने रहस्य पनि उनले खोलिन्।

त्यसैगरी अर्का गायक निमा रुम्बाले नेपाली संगीतभित्रको परिभाषा समय अनुसार फरक पर्ने प्रतिक्रिया दिए।  ‘विकृति भन्ने कुरामा अन्योल भइरहेको छ। पप गीतको सुरुवात अवस्थामा यसलाई विकृति मानिथ्यो। अहिले अभिभावकले बालबालिकालाई संगीत पढाउनको लागि संगीत स्कुल पठाउन थालेका छन्। विकृति संस्कृतिसंग मिलेर जाने कुरा हो। परिवर्तन हुन समय लाग्ने हुँदा विकृति भनिएको होला’, उनले भने।
 
उनले भने, ‘गीतमा सेक्सका कुरा चाहिन्छ। सेक्सको कारण गीत प्रतिबन्धित हुन्छ भने चाहिँ त्यो नकारात्मक कुरा हो। कलाकारबाट प्रेरित हुने मानिस धेरै हुन्छन्। त्यसैले कलाकारहरु समाजप्रति जिम्मेवार हुनुपर्छ।'

संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको परिवेश हुर्किदै गएकोमा खुसी व्यक्त गरे। उनले भने, ‘हाम्रो बेलामा संगीतमा लाग्नुनै विकृति थियो। समाजको अवधारण अनुसार विकृति आउने हो। विकृति रोक्नु सकिन्न। संगीतमा लाग्नेहरुले शब्द छनोट र साहित्यको अध्ययन गर्नेमात्र हो भने विकृति कम हुन्छ। त्यसका लागि सबैले सकारात्मक भएर सोच्नु समेत आवश्यक छ।‘
 
संगीत समिक्षक रमन घिमिरेले नयाँ प्रयासले गर्दा विकृति मौलाएको बताए। ‘संगीतमा लागेका व्यक्तिहरुले संगीतबारे अध्ययनको कमजोरी र विषयमाथिको गृहकार्यको अभावले गर्दा विकृति आएको हो,' उनको जिकिर थियो।

स्मृति ढुंगानाको नेतृत्वमा गोविन्द सिवाकोटी, जयन्ती ज्ञवाली, कृतिकिरण केसी, अशेष घिमिरे र अखण्ड उपाध्याय डोल्पाली लगायतको टिमले चिया गफ संञ्चालन गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell