PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​पहिरोमा बेपत्ता १२३ जना मृत घोषित, ३३ शव भेटियो



​पहिरोमा बेपत्ता १२३ जना मृत घोषित, ३३ शव भेटियो
पहिरोबाट क्षतिग्रस्त घर। तस्बिरः निरज खड्काको फेसबुकबाट

काठमाडौं : शनिबार सिन्धुपाल्चोकको माङ्खास्थित जुरेमा गएको पहिरोमा बेपत्ता १२३ जनालाई सरकारले मृत घोषणा गरेको छ। 

प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले खोजी कार्य गर्न सम्भव नभएको र बेपत्ताका परिवारले कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिसकेकाले बेपत्ता सबैलाई मृत घोषणा गरिएको जानकारी दिए। 

जिल्ला दैवी प्रकोप उद्धार समितिले बेपत्ता १५६ जनामध्ये मङ्गलबारसम्म ३३ जनाको शव फेला पारेको थियो। 

पहिरोले थुनिएर ताल बनेको सुनकोसी नदीको बहाव अघिल्लो दिनकै जस्तो रहेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए। 

मृतकका परिवारलाई ४० हजार

जिल्ला दैवी प्रकोप उद्धार समितिले मंगलबारदेखि नै राहत वितरण थालेको छ।

हरेक मृतकलाई ४० हजारका दरले ४३ मृतकका परिवार र क्षतिग्रस्त प्रतिघरको पाँच हजारका दरले ३६ घर परिवारलाई खाद्यान्नलगायत उद्धार सामग्री वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी सूर्य उपाध्यायले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell