PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सलमान खानका ट्विट समेटेर बन्यो 'राग सलमान' गीत



सलमान खानका ट्विट समेटेर बन्यो 'राग सलमान' गीत
लिङ्कसहितको ट्विट कसरी गीत बनाइयो त ? यसका लागि गीतै सुनुनु पर्छ

काठमाडौँ : नयाँ फिल्म 'किक' ले पनि २ सय करोड व्यापार गरिसकेको बेला बलिउड नायक सलमान खानले फ्यानबाट नयाँ उपहार पाएका छन्। उनका ट्विटहरु समेटेर एउटा गीत बनाइएको छ र यसलाई शीर्षक दिइएको छ- राग सलमान। 

राग मल्हार, राग दीपक र राग मल्हारपछि राग सलमान बनाइएको उद्‍घोष भिडियोको सुरु मै गरिएको छ।

अल इन्डिया बकचोड कमेडी टिमले यो गीत र भिडियो बनाएको हो। गीतमा सलमान खानको आधिकारिक ट्विटर अकाउन्ट @beingsalamkhan बाट भएका ट्विटहरुलाई शब्द बनाइएको छ।  

एआईबीको युट्युब च्यानलमा राखिएको भिडियोमा राखिएको परिचयमा उस्ताद सलमान खानको ट्विटर अकाउन्टबाट ट्विटहरु उपयोग गरिएको उल्लेख छ। 
 
गीत उमेश गोस्वामीले गाएका हुन् भने उनलाई बाँसुरीमा दीपल मेहता र सीतारमा स्नेहा सुन्दर अनि टेबलमा जयशंकर त्रिपाठीले साथ दिएका छन्। 

भिडियो यस्तो छ-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell