PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किशोरी बलात्कार तथा 'चरी' मारिएको घटनाबारे जानकारी गराउन सभामुखको रुलिङ



किशोरी बलात्कार तथा 'चरी' मारिएको घटनाबारे जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौँ : सभामुख सुवाषचन्द्र नेम्वाङले गुण्डा नाइके दिनेश अधिकारी 'चरी' मारिएको तथा नेपालगन्ज बसपार्कमा किशोरी बलात्कार भएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। 

बिहीवार संसद बैठकमा सभासद्हरुले दिनेश अधिकारी 'चरी' मारिएको घटनामा गृहमन्त्रीको जवाफ मागेका थिए। त्यस्तै सभासद्हरुले नेपालगञ्ज बसपार्कमा किशोरीमाथि भएको बलात्कार घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेकपा एमालेका सभासद् राजेन्द्र पाण्डेले नेपाल प्रहरी संगठित अपराध गर्ने जमात बनेको आरोप लगाए। उनले संसद बैठकमा दिनेश अधिकारी ‘चरी’ को हत्या गैरन्यायिक भएको बताए।

सभासद् गुरु बुर्लाकोटीले स्थानीयले घटना भएको स्थानमा पाँच राउण्ड फायर गरेको सुनेको बताएको तर चरीलाई ८ गोली लागेकोले उनको हत्या गरिएको दाबी गरे। उनले प्रहरीले पैसाको प्रलोभनमा उनको हत्या गरेको दाबी गरे।  

मजदुर किसान पार्टीका प्रेम सुवालले पञ्चायत कालमा जस्तै जनता सुरक्षित नभएको बताए। ‘मृतक अपराधी हुन् वा राजनीतिक कार्यकर्ता? राज्यले स्पष्ट गनुपर्‍यो।‘ 

यसैबीच सभासद्हरुले नेपालगञ्ज बसपार्कमा रुकुमकी १८ वर्षीय किशोरी बलात्कृत भएको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग माग गरे। बुधवार नेपालगञ्ज बसपार्कमा बसका चालक र सहचालकबाट किशोरी बलात्कार भएकी थिइन्।

बलात्कारमा संलग्न सुमन बिसी र अजीव सुनारलाई प्रहरीले तुलसीपुरबाट पक्रेको छ।

संसदमा नेपाली कांग्रेसका सभासद् मिठु मल्लले महिलाहरु एक्लै हिँड्न समेत असुरक्षित बनेको बताइन्। उनले पीडित महिलालाई बाँच्ने आधार बनाउन माग गरिन्। ‘हामीले कानुन बनाएपनि पालना नभए यहाँ आएर कानुन बनाउनुको औचित्य के? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell