PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमाओवादीको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता, सदन निरन्तर



एमाओवादीको माग सम्बोधन गर्ने सरकारको प्रतिबद्धता, सदन निरन्तर

काठमाडौँ : ब्यवस्थापिका संसदमा विनीयोजन विधेयेक माथीको छलफल प्रारम्भ भएको छ। सरकारले प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि संसद बैठकले निरन्तरता पाएको हो। 
 
बिहीबार विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भए लगत्तै एकीकृत नेकपा माओवादीका कृष्णबहादुर महराले बजेट प्रस्तुत गर्ने बेला सरकारसँग भएका सहमति कार्यन्वयन नभएसम्म सदन अगाडि बढ्न नसक्ने बताएका थिए। एकीकृत नेकपा माओवादीले द्वन्द्वका बेला ज्यान गुमाएका, बेपत्ता भएकालाई  बजेटमा राहतको ब्यवस्था नगरिएको भन्दै सदन अवरुद्ध गर्ने जनाएको थियो। 
 
तर लगत्तै सभामुखसँग समय लिएर कानुन मन्त्री नरहरी आचार्यले प्रमुख प्रतिपक्षी दल र सरकारबीच द्वन्द्वका बेला ज्यान गुमाएका, बेपत्ता भएका र सहिद परिवारलाई राहत उपलब्ध गराउने निर्णय कार्यन्वयन गर्ने सहमति भएको जानकारी सदनलाई गराएका थिए। आचार्यले सदनमा एकीकृत नेकपा माओवादी र प्रधानमन्त्री बीचमा भएको समझदारी जानकारी गराएका थिए।
 
संसदमा रातो किताब उपलब्ध नहुदाँ तथा प्रतिपक्षीको अवरोधको चेतावनी पछि संसद सचिवालयले तय गरेको तालिका भन्दा १४ दिनपछि छलफल बिहीबारदेखि सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell