PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

'चरी' हत्या विरुद्ध युवा संघद्वारा धादिङबेसी बन्द, सिडियो भन्छन्, बन्द आह्वान भएको मात्र हो



'चरी' हत्या विरुद्ध युवा संघद्वारा धादिङबेसी बन्द, सिडियो भन्छन्, बन्द आह्वान भएको मात्र हो
धादिङ

पहिलोपोस्ट -
बुधबारसाँझ प्रहरीको गोली लागेर मृत्यु भएका दिनेश अधिकारी 'चरी'को नियोजित हत्या भएको भन्दै युवा संघ धादिङले आज धादिङ सदरमुकाम धादिङबेसी बन्दको आयोजना गरेको छ। सदरमुकाममा बिहान जुलुससहित निस्केको समुहले अधिकारीको मृत्यु मुठभेडमा नभएर नियोजित रुपमा हत्या गरेको भन्दै नारा जुलुस गरेका थिए। 

काठमाडौँको शिक्षण अस्पतालमा युवा संघका कार्यकर्ताहरुले गरेको प्रदर्शन।

सुनियोजित रुपमा नक्कली मुठभेड सिर्जना गरि अधिकारीको हत्या भएको भन्दै युवा संघले हत्याको निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेको छ। युवा संघले पहिलो चरणमा आज १२ बजेसम्म धादिङबेसी बन्दको आयोजना गरेको हो। अधिकारी धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष पनि थिए।

धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भने समाचारमा आएजस्तो रुपमा बन्द नभएको बताए। उनले भने, 'एकदम सामान्य अवस्था छ। एसएलसीको परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भयो। बजार आंशिक बन्द छ।' प्रजिअ नेपालले काठमाडौं-धादिङ चल्ने यातायात नचलेको भने स्वीकारे। 'यातायात व्यवसायीहरु आफैंले चलाउनुभएन। तर हाइवेतिर सबै सुचारु छ,' पहिलोपोस्ट्सँग कुरा गर्दै नेपालले भने, 'स्कुल, अफिसहरु सुचारु छन्, यो सामान्य हो।'

बन्द खुलाउने बारे उनले त्यसको आवश्यक नभएको जीकिर गरे। 'सबै शान्त छ, बन्द आह्वान मात्र भएको हो। बिहान एकपटक सानो जुलुस गरेका थिए।' यातायात सुचारु गर्नको लागि व्यवसायीहरुलाई अनुरोध गर्ने पनि उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell