PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लोडसेडिङ बढ्यो, शनिबारदेखि सातामा ६० घन्टा



लोडसेडिङ बढ्यो, शनिबारदेखि सातामा ६० घन्टा

पहिलोपोस्ट -
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले राष्ट्रिय प्रशारण लाइन अवरुद्ध भएपछि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ बढाएको छ। शनिबारदेखि लागू हुनेगरी सातामा ६० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।

पहिरोले सुनकोसी जलविद्युत केन्द्रको ड्याममा क्षति पुगेको छ। यसबाट ५७ मेगावाट विद्युत आपूर्ति अवरुद्ध भएको छ। त्यस्तै प्राधिकरणका अनुसार कुसाहा कटैया लाइनको कण्डक्टर परिवर्तन गर्नुपर्ने भएकोले पनि लोडसेडिङ बढाउनु परेको हो।

प्राधिकरणको नयाँ तालिका अनुसार शनिबारदेखि सातामा तीन दिन बिहान र बेलुकी गरेर ९ घण्टा, दुई दिन साँढे ७ घण्टा, एकदिन १० घण्टा र एकदिन साढे ८ घण्टा बिजुली कटौती हुनेछ।

लोडसेडिङको नयाँ तालिका यस्तो छ-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell