PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राईको अध्यक्षतामा युयुएनटिएफको कार्यसमिति निर्वाचित



राईको अध्यक्षतामा युयुएनटिएफको कार्यसमिति निर्वाचित

पोर्टल्यान्ड : हालै लण्डनमा बसेको युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्डो फेडरेसन (युयुएनटिएफ) को पहिलो साधारण सभाले ग्राण्ड मास्टर राजकुमार राईको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ।

सभाले युयुएनटिएफको विधान पारित गर्नुकासाथै नेपाली तेक्वान्दोको विकासका लागि ६ महिना भित्र ५० लाख नेपाली रुपैयाको अक्षय कोष खडा गर्ने निर्णय गरेको संस्थाका महासचिव कुमार कार्कीले जनाएका छन्।

'हाम्रो लक्ष्य अक्षय कोषमा एक करोड रुपैयाँभन्दा बढी जम्मा गर्ने रहेको छ।' कार्कीले भने।

उक्त साधारण सभाले तत्काल एवं दूरगामी योजना समेत तयार पारेको छ। तत्काल पूरा गरिने योजना अनुसार नेपालका गाउँ-गाउँमा तेक्वान्दो प्रशिक्षण हलको निर्माण गर्न आर्थिक सहयोग पुर्‍याउने, नेपालका तेक्वान्दो डोजाङहरूलाई खेल सामग्री वितरण गर्ने तथा ओलम्पिक एवं अन्य मुख्य तेक्वान्दो प्रतियोगितामा नेपाललाई पदक जिताउनका लागि योजना बनाइएको युथ प्रोजेक्टको सुरुवात गर्न मद्धत गर्ने रहेका छन्।

त्यसैगरी सम्मेलनले दूरगामी योजना अन्तर्गत प्रत्येक दुई वर्षमा सञ्चालन गर्ने उद्देस्यले सुरु गर्न लागिएको नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिपको सुरुवात गर्न सहयोग पुर्‍याउने रहेको छ।

उक्त अवसरमा संस्थाको दोस्रो साधारण सभा २०१६मा अमेरिकाको पोर्टल्यान्डमा गर्ने निर्णय साधारण सभाले गरेको महासचिव कार्कीले जनाएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell