PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाललाई डिभिजन १ मा राख्ने आइसिसी बोर्डको निर्णय



नेपाललाई डिभिजन १ मा राख्ने आइसिसी बोर्डको निर्णय

काठमाडौँ : डिभिजन २ मा चौथो स्थानमा रहे पनि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ। आइसिसीको बुधबार बसेको बोर्ड बैठकले नेपाल र केन्यालाई वर्ल्ड क्रिक्रेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो।

सन् २०१९ को विश्वकपका लागि अफगानिस्तान र आयरल्यान्डले १० पूर्ण सदस्यको र्‍याङ्किङ बेस्ड क्वालिफिकेसन सिस्टमका आधारमा सहभागिता जनाउने भएपछि यी दुई टिमले लिग च्याम्पियनसिप खेल्न नपर्ने भएको हो।

त्यही रिक्त दुई ठाउँमा आइसिसीले केन्या र नेपाललाई खेलाउने भएको हो। केन्या र नेपाल हालै नामिबियामा सम्पन्न डिभिजन २ मा तेस्रो र चौथो भएका थिए।

अब नेपालले यसै वर्षको मध्यमा हङकङ, नामिबिया, नेदरल्यान्डस्, पपुवा न्युगिनी, स्कटल्यान्ड र युएई रहेको लिग च्याम्पियनसिप खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell