PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाटो खन्दा बम भेटियो, सेनाले बनायो निस्क्रिय



जुम्ला : अञ्चल प्रहरी कार्यालय जुम्ला परिसरको बाटो खन्ने क्रममा भेटिएको बम नेपाली सेनाको टोलीले आजै निस्क्रिय पारेको छ । 

अञ्चल प्रहरी कार्यालयभित्र जाने बाटो खन्दै गर्दा एक्कासी कालो प्लास्टिकले बेरिएको वस्तु देखिएको र सो वस्तु बम हुन सक्ने आशङ्का गरी नेपाली सेनालाई खबर गरिएको अञ्चल प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार नं. २४ कर्णाली बाहिनी जुम्लाबाट क्याप्टेन कमल खत्रीको कमाण्डमा आएको टोलीले आज दिउँसो उक्त बम निस्क्रिय गरेको थियो । सेनाले त्यसलाई आई.डी. बम नाम दिएको छ।

उक्त बम द्वन्द्वकालमा प्रहरीद्वारा आफ्नै सुरक्षाका लागि राखिएको हुन सक्ने अञ्चल प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । बाटो खन्ने अवस्थामा त्यस्तै बम अरु पनि भेट्न सकिने आशङ्का गरिएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell