PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एप्पलको घडी अप्रिलदेखि बजारमा आउने



एप्पलको घडी अप्रिलदेखि बजारमा आउने

एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइयो) टीम कुकले एप्पलको 'वाच' सन् २०१५ को अप्रिलदेखि बजारमा आउने बताएका छन्। गत वर्षको सेप्टेम्बरमा 'वाच' आउने घोषणा गर्दा महिना नतोकि २०१५ को सुरुवातमा आउने बताइएको थियो। 

एप्पलले आफ्ना अन्य उत्पादनहरुलाई आए म्याक, आइफोन, आइप्याड भने झै घडीलाई 'आइ वाच' भनेको छैन।

कम्पनीले घडी निकाल्ने उदघोष गरेदेखि नै एप्पलका ग्राहकहरु यसको मिति पर्खेर बसिरहेका थिए। कुकले कम्पनीले अझै पनि 'वाच' लाई बजारमा पठाउनको लागि टाइमलाइन बनाइनसकेको भएपनि अहिले बजारमा कुनै सामान आउनु अघि नै मिति तोकिने गरेकोमा 'वाच'को पनि बजारमा आउने मिति तोकिएको बताएका छन्। टाइमलाइन बनाएर बजारमा हल्ला फैलाउँदा त्यसको बारेमा 'एक्सपेक्टेसन' बढ्ने र भनेको समयमा बजारमा निकल्न नसके आलोचना खेप्नुपर्ने डर पनि कम्पनीलाई छ। 

यसअघि मार्चसम्ममा बजारमा आउने हल्ला चलेको थियो। अहिले फेरि मिति तोक्दा डेभरलपरहरुको सहयोग समयमै पाउने आशा पनि कम्पनीले गरेको छ। गतसाल यसको घोषणा गर्दा नै मानिसहरुमा एकस्तरको 'एक्स्पेक्टेसन' भइसकेको छ। 

'म यो दैनिक प्रयोग गरिरहेको छु र मलाई मन परेको छ। म यो बेगर बाँच्नै सक्दिनँ', कुकले भने। 

के हो त एप्पल वाच?
एप्पल वाच स्मार्ट वाच हो। एप्पलले यसलाई कम्पनीले बनाएको एकदमै व्यक्तिगत डिभाइस भनेको छ। यो हातमा लाउने घडी नै हो तर यो विशेष घडी हो। यो घडीले समय मात्र बताउँदैन, तपाइँले समाचार पढ्न, ईन्टरनेटसँग साक्षात्कार गर्न, आफ्नासँग गफ गर्न, भिसा कार्ड प्रयोग गर्न यही घडीबाटै पाउनुहुनेछ। यसले तपाइँ हिड्दा तपाइँले हिँडेका पाइला मात्रै गन्दैन, तपाइँ सही तरिकाले हिँड्नु भयो कि भएन पनि बताउँछ। यसमा रहेको ग्यालरीमा तपाइँले फोटा राख्ने मात्र हैन फिल्म पनि हेर्न सक्नुहुन्छ। 






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell