PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'चरी'को विषयमा संसदमा सभामुख र पाण्डेबीच दोहोरी



'चरी'को विषयमा संसदमा सभामुख र पाण्डेबीच दोहोरी

काठमाडौँ : गुण्डा नाइके दिनेश अधिकारी 'चरी' मारिएको विषयलाई लिएर सभासमुख सुवाषचन्द्रनेम्वाङ र धादिङका एमाले सभासद् राजेन्द्र पाण्डेबीच संसदमा दोहोरी चल्यो। 
 
हेर्नुस् भिडियो-

गृहमन्त्री वामदेव गौतमले 'चरी' मारिएको घटनाबारे सदनलाई जानकारी गराएको विषयमा पाण्डेले टिप्पणी गर्न खोजेपछि दोहोरी चलेको हो। पाण्डेले मन्त्री गौतमले घटनाबारे संसदमा जानकारी गराए लगत्तै सभामुखसँग समय माग गरेका थिए। तर सभामुख नेम्वाङले नियमपत्ति भए स्पष्ट गर्न अन्यथा मन्त्रीको जवाफमा टिप्पणी नगर्न पाण्डेलाई भनेका थिए। 
 
तर पाण्डे आफ्नो सिटमा बस्न मानेनन्।
 
'प्रहरीले नियोजित रुपमा मारेर फालेको घटना हो। एउटा नागरिक मारिएको घटना हो'पाण्डेले भने– 'मेरो नियमापत्ति यो हो कि मैले समय पाऊँ।'

लगत्तै नेम्वाङले सभासद्हरुको आग्रहमा रुलिङ भएको र गृहमन्त्रीले जवाफ दिएको भन्दै स्पष्टिकरण दिने व्यवस्था नभएको बताए। 

'संसदमा विषय प्रवेश गराउने धेरै व्यवस्था छ।' नेम्वाङले भने– 'कुनै विषयमा स्पष्टिकरण माग गर्ने व्यवस्था छ, कुनैमा छैन। गृहमन्त्रीले बोलेको कुरालाई लिएर टिप्पणी गर्ने नियममा व्यवस्था होला, त्यतातिर ध्यान दिन मेरो माननीयज्यूहरुलाई ध्यानाकर्षण छ।‘
 
सभामुखले पाण्डेलाई नियम सम्झाउँदै लामो कुरा गरे पनि पाण्डे बसेनन्।
 
पुन: सभामुखले भने, ‘यसमा दोहोरी नगरौँ, माननीय सदस्य बस्नुस्। तपाइँलाई चित्त बुझेन भन्ने कुरा सबैले देखे, त्यो पनि रेकर्ड भैसक्यो।‘ 
 
नेम्वाङले बस्नुस् भनेपछि समेत पाण्डे भने, ‘मन्त्रीज्युले भनेको कुराले समाधान निस्किँदैन। उहाँले पुलिसले जे लेखेर दिएको छ, त्यही पढ्नु भएको छ। म आज चुप लागौंला तर यो केश चुप लाग्ने छैन।‘
 
अन्त्यमा नेम्वाङले घुमाएर भएपनि तपाइँले आफ्ना कुरा राखिहाल्नु भो अब बस्नुस् भन्दा सभामा हाँसो गुञ्जिएको थियो।
 
के भने गृहमन्त्रीले?
 
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरीले पिछा गरेको अवस्थामा पक्राउ गर्न खोज्दा दिनेश अधिकारी ‘चरी’ भागेको र जवाफी कारबाहीमा उनको मृत्यु भएको बताएका छन्। सभामुखको रुलिङ पछि शुक्रबार सदनमा गौतमले चरी माथिका २०६२ साल यता लागेका सबै अभियोगका विषयमा छानबिन भइरहेको उल्लेख गर्दै गृह मन्त्रालयबाट थप व्यहोरा संकलन गर्ने काम भइरहेको सदनलाई जानकारी गराएका थिए। 
 
गृहमन्त्री गौतमले ‘चरी’ माथि हातहतियार तथा खरखजना, सवारी अंग भंग, हरिप्रसाद काफ्लेलाई अपहरण प्रयास गरेको तथा राधे भण्डारीलाई हत्या प्रयास गरेको घटनामा छानबिन भइरहेको जानकारी दिए। 


अडियो सुन्नुस् 


गृहमन्त्रीले गराएको जानकारी भिडियोमा हेर्नुस्-
  जुहारीको भिडियो हेर्नुस्-
 
comments powered by Disqus



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell