PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सामसुङका दुई नयाँ सेट, ग्यालेक्सी स्टार र स्टार एड्भान्स नेपाली बजारमा



सामसुङका दुई नयाँ सेट, ग्यालेक्सी स्टार र स्टार एड्भान्स नेपाली बजारमा
सामसुङ

काठमाडौं :  नेपालको लागि सामसुङ मोबाइलको आधिकारीक वितरक आइएमएसले सामसङको दुई नयाँ मोबाइल फोन बजारमा ल्याएको छ। आइएमएसल ग्यालेक्सी स्टार–२ र ग्यालेक्सी स्टार एड्भान्स नेपाली बजारमा ल्याएको हो। 

दुई सिम हाल्न मिल्ने ग्यालेक्सी स्टार–२ मा ३.५ इन्चको डिस्प्ले , एक गिगाहर्जको प्रोसेसर र एन्ड्रोइड ४.४.२ किट केट रहेको छ। यसमा दुई मेगापिक्सेलको क्यामेरा, ५१२ एमबिको र्‍याम, चार जिबिको मेमोरी र १३०० एमएएचको ब्याट्री रहेको छ। नेपाली बजारमा स्टार–२ को मूल्य आठ हजार तीन सय ९० रुपैयाँ पर्छ। 

ग्यालेक्सी स्टार एड्भान्समा रहेको १.२ गिगाहर्जको डुअल कोर प्रोसेसर र एन्ड्रोइड ४.४.२ किट केटले यसको प्रदर्शन क्षमतालाई उच्च बनाउँछ। साथै, यसमा रहेको ४.३ इन्चको स्कि्रनले मोबाइल गेम्स खेल्न, भिडियो हेर्न र अरु विभिन्न काममा विशेष अत्यन्त विशिष्ट प्रदर्शन दिन्छ। ३.२ मेगापिक्सेलको क्यामेरा र एलइडि फ्ल्यास भएको यास मोबाइलको मूल्य  १० हजार नौं सय रुपैयाँ पर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell