PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ससुरालाई मुक्कालात्ता र सिस्नुपानी लगाउँदा मृत्यु, बुहारी पक्राउ



ससुरालाई मुक्कालात्ता र सिस्नुपानी लगाउँदा मृत्यु, बुहारी पक्राउ

पोखरा : रक्सी सेवन गरेर जथाभावी बोलेको निहुँमा आफ्नै ससुराको हत्या गर्ने कास्कीको घान्द्रुक गाविस बस्ने ३० वर्षीया बिबा विक र २८ वर्षीया मनिता विकलाई प्रहरीले पक्राउ गरेको छ।

५५ वर्षीय ससुरा खड्गसिंह विकले रक्सीको नसामा अनावश्यक विवाद गरेको भनी बहिनी मनिता विकसँग मिली बिबा विकले गत शुक्रबार ससुरालाई लात्ती र मुक्काले हानी सिस्नु पानी लगाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट सख्त घाइते भएका खड्गसिंह विकको दुई दिनपछि मृत्यु भएको थियो। प्रहरीले अभियुक्तद्वयलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell