PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तत्काल सरकार छाड्ने भनेका छैनौं : एमाले



  • पहिलोपोस्ट
काठमाडौं : नेकपा एमालेले 'तत्काल सरकार छाड्ने' नभनेको स्पष्ट गरेको छ। नेपाली कांग्रेससँग मंगलबार साँझ भएको छलफल पछि एमाले उपाध्यक्ष भीम रावलले आफ्नो पार्टीको धारणा मिडियामा अतिरञ्जित रुपमा आएको बताए।

'हामीले तत्काल सरकार छाड्ने भनेका थिएनौँ ,' बैठकपछि रावलले भने, 'सञ्चारमाध्यमहरुमा अतिरञ्जित रुपमा प्रस्तुत भयो।'

'एमाले स्थायी कमिटी बैठकले सरकारको मिसन संविधान जारी गर्ने हो, संविधान माघ ८ मै हुनुपर्थ्यो। त्यो हुन सकेन त्यसकारण जेठ १५ भित्र संविधान निर्माणको मार्गचित्र बनाएर जानुपर्छ। संविधान जारी नगर्ने हो भने सरकारमा बस्‍नुको कुनै नैतिकता हुँदैन भनेर स्थायी समिति मार्फत् भनेका हौँ,' रावलले भने।


वार्तमा नआए एमाओवादीलाई नकुर्ने

दुवै दलले संविधानका विषयमा  विपक्षी मोर्चासँग वार्ताका लागि अन्तिम पहल गर्ने र एकीकृत नेकपा माओवादी सहमतिका लागि नआए प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन्।

साथै, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई तत्काल सहमतिका लागि प्रक्रिया सुरु गर्न आग्रह गर्ने भएका छन्। नेम्वाङले मंगलबार मात्र संविधानसभा सुचारु गर्ने विषयमा दलका सचेतकहरुसँग छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell