PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बाबुरामको भारत भ्रमण : राष्ट्रपतिलाई भेटे, केजरीवाललाई अंगालो हाले



दिल्ली : भारत भ्रमणमा रहेका एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आज दिल्लीमा राजनीतिक भेटवार्ता जारी राखेका छन्।

नेता भट्टराईले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग दिउँसो १ बजे भेटवार्ता गरेका थिए। राष्ट्रपति भवन नयाँ दिल्लीमा भएको भेटवार्ताको क्रममा भारतीय राष्ट्रपति मुखर्जीले नेपालको समकालीन राजनीतिबारे जिज्ञासा राखेका थिए। साथै उनले सबै दल र नेताहरुलाई संविधान निर्माणको काममा सफलताको शुभकामना सुनाइदिन भनेको भट्टराईको सचिवालयले जनाएको छ।

जवाफमा नेता भट्टराईले शान्ति प्रक्रियालाई पूर्णता दिने प्रक्रियामा रहेको उल्लेख गर्दै अहिले केही अवरोध भएता पनि दलहरु छिट्टै एउटा सहमतिमा पुगेर शान्ति प्रक्रियाले पूर्णता पाउने विश्वासमा आफूहरु रहेको जानकारी गराएका थिए।

त्यसैगरी आजै नेता भट्टराई र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच पनि भेटवार्ता भएको छ। आम आदमी पार्टी कार्यालय, नयाँ दिल्लीमा भएको भेटवार्ताका क्रममा वैकल्पिक राजनीतिबारे दुबै पक्षको विचार/अनुभव आदान–प्रदान भएको बताइएको छ। विदेश मन्त्री सुस्मा स्वराजसँग पनि उनको भेट भएको थियो।

परम्परागत लोकतन्त्र भन्दा सिधै जनतामा गएर जनताकै काम गर्ने शैलीको विकास गर्नुपर्नेमा दुवै नेताको धारणा थिय। साथै उनीहरुबीच नियमित सम्पर्कमा रहने विषयमा पनि छलफल भएको थियो। भ्रष्टाचार, अनियमितता लगायतका जनताविरोधी विकृतिको अन्त्य गर्ने गरी लोकतन्त्रको नयाँ मोडेलको विकास गर्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको थियो।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell