PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बार्सिलोनामा नेपाली ब्रान्ड फिरिरीको फेसन सो, हेर्नुस् विदेशी मोडलको क्याटवाक



काठमाडौं : युरो नेपाली ब्राण्ड फिरिरीले स्पेनको बार्सिलोनामा फेसन सोको आयोजना गरेको छ। आइतबार आयोजना गरिएको सो बार्सिलोनाका महत्वपूर्ण मध्येको एक सो हो।

स्पनेस फेसन डिजाइन मार रोड्रिजले तयार पारेको डिजाइनमा मोडलहरुले नेपाली उत्पादनको प्रदर्शन गरेका हुन्। फेसन सोमा रातो, हरियो, कालो र क्यामेल रङका विभिन्न पोशाकहरु प्रदर्शन गरिएको थियो।

'नेपाल नारी स्वरुपमा' नाम दिइएको फेसन सोमा नेपालको कला एवम् संस्कृतिलाई विदेशीबीच प्रदर्शन गरिएको आयोजकले जानकारी दियो।
प्रदर्शनीमा प्रस्तुत गरिएको फेसन नेपालको डिजाइन विश्व गौतमले गरेका थिए। काठमाडौं र बार्सिलोनाको संयुक्त प्रस्तुती समेत देखाइएको थियो। बार्सिलोना र काठमाडौंका विभिन्न सो रुममा फिरिरीका उत्पादनहरु खरिद गर्न सकिनेछ।

फिरिरी ब्राण्ड निर्देशक लाउरा रोवर्टका अनुसार फेसन दुनियाँमा फिरिरीका उत्पादन महत्वपूर्ण छन्।  नेपालकै बाँस, ढाका, भेडाको उन, कटन प्रयोग गरी तयार पारिएको पोशाकको ढाँचा, विकास र उत्पादन संसारभरि नै गर्न लागिएको बताइएको छ।









 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell