PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

निगमको जहाजले आजदेखि उडान थाल्यो



निगमको जहाजले आजदेखि उडान थाल्यो

काठमाडौँ : भित्र्याएको एक महिनामै ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको नयाँ एयरबस 'सगरमाथा' नयाँ फिल्टर जडान गरेपछि बुधबार बिहान उडेको छ।

१३५ यात्रु लिएर जहाज बिहान १० बजेर २५ मिनेटमा नयाँ दिल्लीतर्फ उडेको निगमका प्रवक्ता रामहरि शर्माले बताए। 

गम्भीर प्राविधिक समस्याका कारण उड्न प्रतिबन्ध लगाउनुलाई उड्डयनको भाषामा 'ग्राउन्डेड' भनिन्छ। 

फिल्टरमा समस्या आएपछि सोमबार जहाज ग्राउन्डेड भएको थियो। 

निगमले माघ २५ गते यो एयरबसलाई काठमाडौँमा दुलही सरी भित्र्याएको थियो। ठीक एक महिना अर्थात् फागुन २५ मा यो जहाज थन्किन पुगेको हो। 

जहाज बिग्रिएपछि निगमले सोमबारका यात्रुहरुलाई होटलमा राखेको थियो।  

माघ २५ मा भित्र्याइए पनि यो जहाजले पहिलो व्यवसायिक उडान भने फागुन १५ मा बल्ल गरेको थियो। व्यवसायिक उडान थालेको १० दिन भए पनि चार दिन त टर्किस एयरलाइन्सको जहाज दुर्घटनाकै कारण विमानस्थल बन्द भएर यो जहाज विमानस्थलमा थन्किन पुगेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell