PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दुई विद्यार्थी सङ्गठनबीच झडप



काठमाडौँ : लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा आज दुई विद्यार्थी सङ्गठनबीच झडप भएको छ।

अनेरास्ववियुका कार्यकर्ताले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबुल र कुर्सीमा जलाइदिएपछि उक्त सङ्गठनका कार्यकर्ता र अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताबीच झडप भएको हो। क्याम्पस प्रमुखको कार्यकक्षतिर गएर आगजनी गर्न थालेपछि आफूहरुले त्यसलाई रोक्न खोज्दा झडप भएको अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता दीपेश पुनले बताए।

झडपका क्रममा अनेरास्ववियु क्रान्तिकारीको दुई र अनेरास्ववियुका पाँच कार्यकर्ता घाइते भएका छन्। अनेरास्ववियुले क्याम्पसमा शान्तिसुरक्षाको अवस्था कमजोर भएको, पठनपाठन नियमित हुने नगरेकोजस्ता माग राख्दै क्याम्पस प्रमुखको राजीनामा माग्दै आएको थियो। आगजनी तथा तोडफोडपछि प्रहरीले रितेश सापकोटालाई केही समय नियन्त्रण लिएर छोडेको थियो।

घटनाका सम्बन्धमा दुवै विद्यार्थी सङ्गठनका नेताहरुबीच छलफल भइरहेको प्रहरी नायब निरीक्षक रोशन शाहले जानकारी गराए। - रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell