PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सन् २०१४ मा नेपाल आउने पर्यटक घटे



सन् २०१४ मा नेपाल आउने पर्यटक घटे

काठमाडौं : हवाइ मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्या घटेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले सन् २०१३ को तुलनामा हवाइ मार्गबाट सन् २०१४ मा पर्यटक घटेको तथ्याङ्क सार्वजनिक गरेको हो।

सन् २०१३ मा ५ लाख ९४ हजार ८ सय ४८ यात्रु नेपाल आएकोमा सन् २०१४ मा ८ हजार ८ सय ६७ कम पर्यटक नेपाल भित्रिए। सन् २०१४ मा ५ लाख ८५ हजार ९ सय ८१ यात्रुले मात्र नेपाल भ्रमण गरेका हुन्। नेपाल आउने पर्यटकको संख्यामा शुन्य दशमलव ३ प्रतिशतले कमी आएको नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्याङ्कमा उल्लेख छ।

सन् २०१४ को सुरुवातका महिना माघ, फागुन, चैत, वैशाख र जेठमा पर्यटक संख्या बढे पनि बाँकी समयमा संख्या घटेको हो। बाँकी सयमयमा पर्यटक संख्या बढाउन नेपालले प्रमोसनल गतिविधि बढाउनुपर्ने बोर्डको सुझाव छ।

एसियामा पाकिस्तान, चीन, जापानबाट आउने पर्यटकको संख्यामा सिजनमा बढेको र वर्षाको समय घटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell