PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

स्वर्गीय सभासद्कै श्रीमतीलाई बनायो कांग्रेसले बाग्लुङमा उम्मेद्वार



स्वर्गीय सभासद्कै श्रीमतीलाई बनायो कांग्रेसले बाग्लुङमा उम्मेद्वार
फोटो: चम्पादेवी खड्काको फेसबुकबाट

काठमाडौ: नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं १ को उप-निर्वाचनमा चम्पादेवी खड्काले उम्मेद्वार बनाउने निर्णय गरेको छ। कांग्रेसको संसदीय बोर्डको बैठकले दुर्घटनामा मृत्यु भएका सभासद् हरिबहादुर खड्काकी श्रीमतीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

चम्पादेवी यसअघि राजनीतिक गतिविधिमा सक्रिय भने थिइनन्। मृत खड्काका छोरालाई समेत उम्मेद्वार बनाउने विषयमा चर्चा चलेपनि पार्टीले श्रीमतीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

गत मंसिर १७ गते गृह जिल्ला जाने क्रममा जीप दुर्घटना हुँदा खड्काको उपचारका क्रममा मंसिर २१ गते मृत्यु भएको थियो।
बाग्लुङ क्षेत्र नं १ मा यही चैत २८ गते उप निर्वाचन हुँदैछ।

एमाओवादीले यसअघि नै दीनानाथ शर्मालाई बाग्लुङ क्षेत्र नम्बर १ मा उम्मेद्वार घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell