PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलात्कारविरुद्ध राजधानीमा जुलुस, बलात्कारका दुई घटना आजै सार्वजनिक



बलात्कारविरुद्ध राजधानीमा जुलुस, बलात्कारका दुई घटना आजै सार्वजनिक

काठमाडौ : बाराकी ६ वर्षीया बालिका पूजा साहको बलात्कारका कारण मृत्यु भएपछि राजधानीमा प्रदर्शन भइरहँदा आजै थप दुई अबोधसँग बलात्कार भएका घटना सार्वजनिक भएका छन्।

लमजुङ र मकवानपुरमा दुई बालिका बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको हो। लमजुङमा प्रहरीले ५ वर्षकी बालिका बलात्कार गर्नेलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको छ। गत २१ गते पाँच वर्षकी बालिकालाई चकलेट दिएर कपडा खोल्न लगाई बलात्कार गरेको आरोपमा लमजुङ नौथरका धनबहादुर गुरुङलाई पक्राउ गरी प्रहरीले कानुनी प्रक्रिया सुरु गरेको हो।

होलीको दिन चकलेट दिएर बालिकालाई घर लगेर गुरुङले बलात्कार गरेको लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

त्यस्तै मकवानपुरमा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले थाहा नगरपालिकाका एक विद्यार्थीले शिक्षकलाई बलात्कार गरेको अभियोग लगाएपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको जानकारी दिए।

घटनाको विरोधमा स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन्। उनीहरुले बलात्कारका अभियुक्तलाई बाहिर निकाल्न माग गर्दै नाराबाजी समेत गरिरहेको कार्कीले बताए। 'सेती गणेश निमाविका अभियुक्त शिक्षकलाई जुत्ताको माला लगाएर सहर घुमाउने भन्दै भिडले मागेको छ,' कार्कीले पहिलोपोस्टसित भने।

बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई जोगाउन हम्मेहम्मे परेपछि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली खटिएको कार्कीले जानकारी दिए।

हेर्नुस् राजधानीमा भएको बलात्कारको घटनाको विरोधको प्रदर्शन
















































 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell