PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विषाक्त रोटी प्रकरण : प्रधानमन्त्री भन्छन् यस्तो बेला सहयोग नगरे कहिले गर्ने?



काठमाडौं: प्रधानमन्त्री सुशील कोइरालाले बीऊको विषाक्त गहुँ पिसेर बनाएको रोटी खाँदा मृत्यु भएका धादिङ्ग पीडाका सन्जबहादुर तामाङ्गको परिवारका बाँकी सदस्यहरुलाई राहत र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने बचन दिएका छन्।

कांग्रेस धादिङ्गका सभापति रामनाथ अधिकारीको नेतृत्वको टोलीले पिडित परिवारलाई सहयोग माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले पीडित परिवारलाई आर्थिक सहयोग र विरामीहरुको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्न सहयोग गर्ने बताएका हुन्।

'दु:खमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो।', कोइरालाले भने, ' यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने?'

बीउको लागि राखेको विषाक्त गहुँ पिसेर बनाएको रोटी खादा धादिङ् पिँडा गाविस चिउरीभञ्ज्याङ्गका सन्जबहादुर तामाङ्को परिवारका ६जना सदस्यको सोमबार निधन भएको थियो। सोही घटनामा पिसिएको गहुँ र कोदोको पिठोबाट बनाएको रोटी खाँदा थप ४१ जना बिरामी परेका थिए।
प्रधानमन्त्री कोइरालाले मंगलबार साँझ एक समवेदना सन्देश दिदै सो घट्नाले आफूलाई मर्माहत बनाएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell