PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​भारतले बाँधका ढोका खोल्यो, तीन वटा हेलिकप्टर तयारी अवस्थामा



​भारतले बाँधका ढोका खोल्यो, तीन वटा हेलिकप्टर तयारी अवस्थामा

काठमाडौँ :  भारतले नेपालको अनुरोध बमोजिम सीमा क्षेत्रका तीन वटा बाँधका ढोका खोल्ने निर्णय गरेको छ।
 
केही दिनदेखिको अविरल वर्षाको कारण नदीहरुमा जलसतह बढेकोले थप जनधन क्षति हुन नदिन सरकारले भारत सरकारसमक्ष सीमा क्षेत्रका चार बाँधका ढोका खोल्न अनुरोध गरेको थियो। तर भारतले कैलाशपुर, लक्ष्मणपुर र महलीसागर तीन वटा बाँधका द्वारहरु खोल्ने निर्णय गरेको हो।
 
नयाँ दिल्लीमा भारतका क्याबिनेट सचिवको अध्यक्षतामा अवस्थाबारे समिक्षा गर्न बसेको आकस्मिक बैठकले योसँगै नेपाल सरकारबाट आउने छोटो सूचनाको आधारमा पनि उपलब्ध गराउन सक्ने गरी तीन वटा हेलिकप्टरहरु तथा स्थिर पंखा भएको विमानलाई भारतमा तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ।
 
भारत सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार प्रयासको लागि नेपाल सरकारलाई ने.रु. ४.८ करोड वित्तीय सहयोग प्रदान गर्ने पनि निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell