PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​वर्तमान सरकार जन्मैदेखि सुस्त मनस्थितिको : प्रचण्ड



​वर्तमान सरकार जन्मैदेखि सुस्त मनस्थितिको : प्रचण्ड

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार जन्मैदेखि सुस्तमनस्थितिको भएको आरोप लगाएका छन्। संसदमा सोमबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम गर्ने तरिका जन्मेदेखि नै सुस्त भएको आरोप लगाएका हुन्।
 
'सरकारको काम गर्ने तरिका जन्मेदेखि नै सुस्त छ। अझै मलाइ त के लाग्छ भने यो सरकार सुस्त मनस्थितिको छ,' प्रचण्डले भने, 'सरकारलाई राजनैतिक तहमा होस् वा अन्य साना साना काममा पनि निणर्य लिन गाह्रो परेको छ।'
 
प्रचण्डले सरकारले बरु ध्यान दिन नपर्ने विषयमा ध्यान दिने गरेको टिप्पणी गरे। सरकारले देशभर बाढि पहिरोका कारण भएको क्षतिलाई सामान्य रुपमा लिएर काम गरेको उनले आरोप लगाए। 'वर्तमान सरकार शान्ति र संविधानको कार्यभार लिएर अगाडि बढ्नुपर्ने हो तर त्यतातर्फ केन्द्रित हुन सकेको छैन,' प्रचण्डले टिप्पणी गरे, 'यसतर्फ प्रधानमन्त्रीको ध्यान जान जरुरी छ।'
 
'शान्ति र संविधान निमार्णलाई निष्कर्षमा पुर्‍याउने भनेर राजनैतिक तहमा थुप्रै सहमति भएका छन्,' प्रचण्डले भने, 'भएका सहमति जुन तदारुकताका साथ कार्यन्वयनमा जानु पर्ने हो गएको छैन।'
 
वर्तमान सरकारको जो सँग पनि सहमति गर्ने तर ती सहमति कार्यन्वयन नगर्ने गरेको प्रतिपक्षीको हैसियतले आभास भएको प्रचण्डको भनाइ थियो।
 
'चार बुदेँ सहमति छिटै भयो तर जुन तिव्रताका साथ कार्यन्वयन हुनुपर्ने हो भएको छैन,' प्रचण्डले उल्लेख गरे, 'बेपत्ता छानबिन तथा सत्य निरुपण आयोग गठनका लागि सिफारिस समिति बनाउन समेत सरकारलाई फलामको च्युरा जस्तो भएको छ।'
 
पार्टीहरुको बैठकमा पटक पटक आफूले गम्भीर रुपमा कुरा राखेपनि सत्य निरुपण तथा बेपत्ता छानिवन आयोग सिफारिस समितिलाई पूर्णता दिने काम अगाडी बढ्न नसेको प्रति प्रचण्डले रोष प्रकट गरे।
 
राजनैतिक भूमिका विहिन बनाइएकोमा आक्रोश
संसदमा प्रचण्डले आफ्नो पार्टी र आफूलाई भूमिका नदिएको प्रति इङ्गित गर्दै शान्ति प्रक्रियाको एउटा पक्षको रुपमा रहेको राजनैतिक नेतृत्वलाई उपयुक्त वातावरण तयार नगरिएको टिप्पणी गरे।
 
शान्ति प्रक्रियाको स्टेकहोल्डरलाई भूमिका नदिई शान्ति र संविधान निमार्ण टुङ्गोमा पुग्दैन,' प्रचण्डले भने, 'पोलिटिकल लिडरसिपलाई उपयुक्त वातावरण दिन नसके तथा एकले अर्कालाई मानइस गरेर गए उपयुक्त हुदैन।'
 
प्रचण्डले अहिलेको मूल काम संविधान बनाउनु भएको उल्लेख गर्दै जनताको अपेक्षा अनुसारको संविधान बनाउनु पर्ने बताए। 'शान्ति प्रक्रिया टुड्गोमा पुर्‍याउने काम सँगसँगै अगाडि नबढे संविधान निर्माण अगाडि बढ्दैन,' प्रचण्डले थपे, 'सरकारले दुवै कामलाई एकसाथै अगाडि बढाउनुपर्छ।'
 
भारतीय प्रधानमन्त्रीको संसद संम्बोधनबारे
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको संसदमा सम्बोधनका दौरान सासंदहरुले धेरै ताली बजाएको बताएको टिप्पणी गरे। उनले राजनैतिक दलहरुले एक अर्काको भूमिका सरहना नगरेको भन्दै 'कहीँकहीँ न खुट्टा तान्न पाए अरुलाई अफ्ठेरो पार्न पाए हुन्थ्यो भन्ने सोच' राखेको टिप्पणी गरे।
 
सरकारमाथि हमला
प्रचण्डले संसदबाट सरकारको गतिविधिमाथि पनि हमला गरे। 'सरकारले राष्ट्रिय समस्या समाधानमा पहल गर्नु भन्दा आफ्नो दुनो सोझ्याउन पहल गरेको आभास सबैतिर भएको छ'  प्रचण्डले भने, 'संविधान बनाउने प्राथमिक कुरामा ध्यान नदिइ छिटो छिटो आफ्नो प्रशासनिक संयन्त्र मिलाउने काममा सरकार लागेको छ।' सरकारले विभिन्न जिल्लामा नगरपालिका घोषणामा गरेको हतारोप्रति प्रचण्डले आश्चर्य प्रकट गरे। सरकार आफ्नो पक्षमा राजनैतिक वातावरण बनाउन लागि परेको उल्लेख गर्दै उनले राजनैतिक स्वार्थबाट माथि उठ्न समेत आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell