PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'विमान दुर्घटनामा परेका यात्रु जिवित भेटिने सम्भावना छैन'



एजेन्सी - दुर्घटनामा परेको जर्मनविङ्सको एयरबर ए ३२० मा यात्रारत १ सय ४८ यात्रुमध्ये कोही पनि जिवित भेटिने सम्भावना कम भएको फ्रान्सका प्रधानमन्त्री मेनुअल भल्सले बताएका छन्। अमेरिकी समाचार संस्था सीएननले भल्सलाई उदृत गर्दै लेखेको छ :  १ सय ४२ यात्रु र ६ क्रु मेम्बरसहित स्पेनको बार्सिलोनाबाट जर्मनको डुसेलडर्फ जाँदै गरेको विमानमा रहेका सबैको ज्यान गएको हुनसक्छ।

फ्रान्सेली राष्ट्रपति फ्रान्सिस हल्यान्डले पनि विमानमा रहेका यात्रु जिवित भेटिने सम्भावना कम भएको बताएका छन्। 'दुर्घटनाको अवस्था अझै प्रस्टिएको छैन तर कोही पनि बाँच्न सकेका छन् भन्ने विश्वास गर्नसक्ने स्थिति छैन,' हल्यान्डलाई उदृत गर्दै सीएनएनले जनाएको छ।   

स्थानीय समयअनुसार बिहान १०:३० बजे फ्रान्सको हिमाली भेगमा विमान दुर्घटना भएको हो। हिमाली भेग भएकाले सहजै उद्दार गर्नसमेत कठिन छ। एउटा प्रहरी हेलिकप्टरमात्र घटनास्थल पुगेको छ।


सन् १९८८ बाट उडान सुरु गरेको दुई इन्जिनको एयरबर ए ३२० हवाई सेवामा भरपर्दो मध्येको विमान मानिन्छ। स्रोत : http://edition.cnn.com/



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell