PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​ए, ५० लाख नपाएर पो दीनानाथ शर्माले चुनाव नलडेका!



  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं : एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले ५० लाख नपाएर चुनाव नलडी फर्केका हुन् भन्दा तपाईँलाई 'अचम्म' लाग्न सक्छ, तर यो ‘सत्य’ हो।

यसको ‘खुलासा’ एक माओवादीले नै गरेका हुन्।

एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार नरेन्द्रजंग पिटरले एमाओवादी प्रवक्ता शर्माले ‘५० लाख दिन्नौ भने म त मोर्चामा जान्न’ भनेको खुलासा गरेका हुन्।

पिटर एमाओवादीका केन्द्रीय सल्लाहकारसँगै ‘पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक’ का रुपमा चिनिन्छन्।

उनले शर्माको नाम लिएका छैनन् तर यसको सिधा अर्थ उनले भनेका ‘वृद्ध कमरेड’ दीनानाथ शर्मा नै हुन्। किन भने हालै उनले उम्मेदवारी दर्ता गर्न जाँदै गर्दा बिच बाटो (काठमाडौंबाट बाग्लुङ जाँदै गर्दा पोखरा) बाटै संविधानसभा सदस्यको उपनिर्वाचन नलड्ने घोषणा गरि राजधानी फर्केका थिए।  

पिटरले ‘सामाजिक सञ्जाल’ फेसबुकमा लेखेका छन्-

"५० लाख दिन्नौ भने म त मोर्चामा जान्न पो भनेछन् वृद्ध कमरेडले। नत्र भने के गर्छौ सोधनी भएछ। नत्र भने चिसै पानीले नुहाउँछु भनेर नयाँ बाथरुममा नुहाउन काठमाडौं पो फर्केछन्। गजब छ बा माओवादी नेता कमरेड पनि। त्यसै बिरोधी र दुश्मनले खेदेका रहेछन् माओवादीलाई।"

पिटरको फेसबुक स्टाटसको स्क्रिनसटः



‘तपाईँको सूचनाको श्रोत के हो?’, पहिलोपोस्टको प्रश्नमा पिटरले भने- पेरिसडाँडा।

काठमाडौंको तीनकुनेबाट दक्षिण तथा कोटेश्वरबाट पश्चिम पर्ने पेरिसडाँडामा एकीकृत नेकपा माओवादीको मुख्यालय छ।

‘तपाईँ आफ्नो श्रोतमा विश्वस्त हुनुहुन्छ?’, पहिलोपोस्टको प्रश्नमा पिटरले भने- 99.99 पर्सेन्ट होइन, हर्ड्रेड पर्सेन्ट। अर्थात् शत प्रतिशत।

एमाओवादी प्रवक्ता शर्माको मोबाइल यो समाचार तयार पार्दासम्म अफ छ। 

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव कृष्णबहादुर महरा यतिबेला उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा छन्।

यसै साता पहिलोपोस्टले उनका बारेमा एउटा सामग्री पोस्ट गरेको थियो जहाँ एकजना पूर्व माओवादी लडाकुले उनलाई जनयुद्धमा लडाइँबाट भागेको र शान्तिकालमा चुनावबाट भागेको आरोप लगाएका थिए। उनले सोधेका थिए- यो अपराध किन गर्नुभयो?

आउँदो चैत २८ मा बाग्लुङ क्षेत्र नम्बर १ मा हुने संविधानसभाको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउन जाँदै गर्दा ‘पोखरामा बिरामी’ भएपछि उनले ‘अस्पतालको सैय्या’ बाटै चुनाव नलड्ने घोषणा गरेका थिए।

‘के उहाँलाई चुनाव नलड्न तपाईँहरुले प्रेस्क्रिप्सन दिनुभएको हो?’, पहिलोपोस्टको प्रश्नमा अस्पताल श्रोतको जबाफ छ- चुनाव लड्ने/नलड्ने कुरा उहाँको राजनीतिक प्रतिबद्धताको कुरा हो, कोही सल्लाह लिन आउँदा असजिलो हुन्छ भने आराम गर्नुस् भन्नु अस्पतालको कर्तव्य हो।  

कसले दिएन त शर्मालाई ५० लाख? को हो त्यो जसले पिटरकै शब्दमा ‘नत्र भने के गर्छौ’ भनी ‘सोधनी’ गर्ने? - See more at: http://www.pahilopost.com/content/-3048.html#sthash.FNSe5ASN.dpuf



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell