PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यौनधन्दा चलाएको अभियोगमा होटल मालिक सहित ६ पक्राउ



यौनधन्दा चलाएको अभियोगमा होटल मालिक सहित ६ पक्राउ
स्केच सौजन्य: ह्वाइटहिमाल टिभी

सिराहा : इलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिकाको हस्पिटल चोकस्थित न्यु दीप होटलका मालिकसहित ६ जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान ४ बजे होटलमा छापा मारेर यौनधन्दामा संलग्न रहेको आरोपमा सप्तरी र जनकपुरका दुई युवतीलाई पक्राउ गरेको प्रहरीले बताएको छ। 

प्रहरीले दुई युवतीसँग छुट्टाछुट्टै कोठामा सुतेका सप्तरी मधेपुराका दीपेन्द्र राम र मोहम्मद समदत हुँसैनलाई पनि पक्राउ गरेको बताएको छ।

प्रहरीले होटलमै यौनधन्दा सञ्चालन गराएको आरोपमा होटल मालिक शिवराम साह र होटलका कुकम्यान धनीराम साहलाई पनि पक्राउ गरेको छ।  सगरमाथा अञ्चलको प्रमुख व्यापारीक बजार लहानमा अहिले यौनधन्दा फस्टाएको र होटल तथा लजमा खुलेयाम यौनधन्दा चल्दै आएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell