PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'नो हर्न' काठमाडौँमा नयाँ मेयरको 'साइरन' सवारी

'नो हर्न' काठमाडौँमा नयाँ मेयरको 'साइरन' सवारी

मनोज सत्याल/पहिलोपोस्ट


काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरे। राष्ट्रिय सभा गृहमा सपथ लगत्तै उनले राजसी ठाँट देखाउँदै 'भिभिआइपी' कल्चरलाई प्राथमिकता दिए। 

राजधानी काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले 'नो हर्न' लागू गरेपछि अहिले छिटफुट मात्र 'ट्याँ टूँ' सुनिन्छ। तर, नयाँ मेयरको सवारी सपथ र पदभार ग्रहणकै दिनदेखि साइरन सहित हुँइकिन सुरु गरेको छ। कतिपय मन्त्रीहरुले समेत आफ्नो सवारीबाट साइरन बजाउन छाडेका छन्। तर विद्यासुन्दरले भने साइरन सवारीलाई प्राथमिकता दिएर, राजधानीको 'राजा'को छवी बनाउन त लागेका होइनन्? 

प्रधानमन्त्री र गृहमन्त्रीको जस्तै साइरन बजाउँदै उनको सवारी चलाइएको हो। या महानगरका कर्मचारीले उनको चाकडीमा साइरन बजाएका हुन्? 

महानगर प्रहरीको अगुवा र पछुवा सहित उनको सवारी प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री जत्तिकै चलाइएको देखियो। 

हेर्नुस् महानगरका 'नयाँ राजा'को राजसी ठाँटको सवारी : 
 


ट्रेन्डिङ पोस्ट

Ncell