PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​‘चरी’का दाजुले हालेको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी



​‘चरी’का दाजुले हालेको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

पवित्रा राउत/पहिलोपोस्ट-
काठमाडौँ :
प्रहरीको गोलीबाट मृत्यु भएका दिनेश अधिकारी ‘चरी’ का दाजु ध्रुव अधिकारीले आफ्ना भाइको गैरन्याययिक हत्या भए पनि प्रहरीले जाहेरी नलिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा आज अग्राधिकारसहित कारण देखाऊ आदेश जारी भएको छ।

न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बिहीबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी  गरेको हो।

रिटमा महानगरीय प्रहरी परिसर हनुमानढोका, महानगरीय प्रमुख आयुक्तको कार्यालय रानीपोखरी, जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ।
 
गोली हानी गैरन्यायिक ढंगबाट घटना भएको दावी गर्दै रिटमा जाहेरी दर्ता गरी अनुसन्धानको काम अगाडि बढाउन अन्तरिम आदेशको माग गरिएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी नगरे पनि अग्राधिकार दिएको छ। 
 
प्रहरी नायब उपरीक्षक मीना चौधरी, प्रहरी निरीक्षक कुमुद ढुंगेल, काठमाडौं बिजुलीबजार बस्ने अर्पण कोइराला, महानगरीय अपराध महाशाखा प्रमुख पुष्कर कार्की, महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख उत्तम कार्कीसमेत पाँच जनाविरुद्ध साउन २७ का दिन किटानी जाहेरी दिन जाँदा दर्ता र दरपिठ दुवै नगरी फर्काइएको भन्दै अधिकारीले सर्वोच्चमा साउन ३० गते रिट दायर गरेका थिए।
 
विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका ‘चरी’ गत साउन २१ गते काठमाडौँको भीमढुङ्गामा गोली हानी मारिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell