PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​एमालेले क्रिकेट नबुझ्दा..



​एमालेले क्रिकेट नबुझ्दा..

काठमाडौँ : एसीसी यु १६ प्रिमियर क्रिकेटको उपाधि जितेर किशोर खेलाडी स्वदेश फर्केको दिन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बिहीबार एक प्रेस वक्तव्य जारी गर्‍यो। 

सचिव पृथ्वी सुब्बा गुरुङद्वारा हस्ताक्षरित वक्तव्यमा 'नेपाली युवा क्रिकेट टोलीले मलेसियालाई समेत फाइनलमा ३२ रनले पराजित' गरेको उल्लेख छ। 

तर नेपाल र मलेसियाबीचको खेल फाइनल थिएन। राउन्ड रोबिन प्रतियोगिता भएकोले यसमा सबै टिमले सहभागी सबै टिमसँग एकआपसमा खेल्ने गर्छ र अङ्कका आधारमा जसले जित्छ, उसले उपाधि जित्छ। 

यु १६ प्रिमियर प्रतियोगितामा नेपाल र मलेसिया दुवै अपराजित रहेकोले अन्तिम खेलमा जसले जित्यो उसले उपाधि जित्न पुगेको हो। 

फाइनल खेल नक आउट वा एलिमिनेसन प्रतियोगितामा मात्र हुने गर्छ। यसमा पराजित हुने बित्तिकै टिम प्रतियोगिताबाट बाहिरिने गर्छ। जबकि राउन्ड रोबिनमा पराजित भए पनि सहभागी सबै टिमले एकअर्काविरुद्ध खेल खेल्छन्। 

त्यसैगरी वक्तव्यमा युवा खेलाडी भनिएको छ, जबकि यो प्रतियोगिता १६ वर्षमुनिका किशोर खेलाडीको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell